Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

संविधानमा मधेसवादीहरुको माग मात्र मान्य छैन्– सञ्चारमन्त्री रिजाल

\"minendra-rijal_20140423082514\"बुटवल । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधान सम्झौताको दस्तावेज भएकाले संविधानमा मधेसवादी दलहरुको माग मात्र उल्लेख गर्ने कुरा मान्य नहुने बताएका छन् । बुटवलमा सञ्चालन हुँदै आएको बुद्ध सामुदायिक टेलिभिजनको आठौँ वार्षिकोत्सव तथा तीज गीत प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री रिजालले असन्तुष्ट पक्षहरुको असन्तुष्टि वार्ताबाट समाधान गर्न सकिने भएकाले हत्या, हिंसाको बाटो त्यागेर वार्तामा आउन मधेसवादी दललाई आग्रह गरे । मन्त्री रिजालले नयाँ बन्ने संविधान सबै नेपालीका लागि भएका कारण आफूलाई मनपरेको कुरा नभए संविधान हुँदैन भन्ने कुरालाई त्याग्नु जरुरी रहेको बताए । आन्दोलनरत पक्षले बैधानिक बाटोबाट आफ्ना माग अगाडि सार्नु पर्ने बताउँदै उनीहरुलाई त्यसमा ल्याउने जिम्मेवारी सरकारको काधमा रहेको उनले बताए । कार्यक्रममा सभासद् तथा टेलिभिजनका सल्लाहकार कृष्णबहादुर छन्तेल थापाले सञ्चारजगतलाई सहि समाचार प्रसारण गर्न अनुरोध गर्दै टेलिभिजनले शान्तिलाई कसरी स्थापित गर्न सकिन्छ भन्नेबारेमा गम्भीर बन्न सुझाव दिए । एकीकृत नेकपा ९माओवादी०का पोलिटब्युरो सदस्य वामदेव क्षेत्रीले मुलुकमा देखापरेको असहज परिस्थितिको राजनीतिक रुपमा सम्बोधन गरी शान्ति स्थापना गर्न सरकारसँग आग्रह गरे । उनले सञ्चारजगत्लाई राजनीति गर्ने थलो नबनाएर समाज विकास र सामाजिक परिर्वतनमा योगदान पु¥याउन आग्रह गरे ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending