Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

\"nc-uml-flag\"काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहतका सबै कमिटी, जनवर्गिय संगठन तथा नेता, कार्यकर्ताहरुमा आह्वान गरेका छन् । एमालेकाे बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय वैठकबाट दिपावली गर्न भनियाे भने कांग्रेसले विज्ञप्ति जारी गरी साे अाह्वान गरेकाे हाे । सो दिनलाई एतिहासिक दिनको रुपमा उल्लेख गर्दै दुबै दलले जनतामा त्यसले उल्लास थप्ने बताएका छन् । कांग्रेसले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ- ‘राष्ट्रको इतिहासमा एक पटक मात्र आउने यो अवसरलाई विजय र खुशीयालीका साथ घर घरमा दीपावली गरी विजयोत्सवको रुपमा मनाउन नेपाली कांग्रेस आम नागरिकमा हार्दिक आह्वान गर्दछ ।’ त्यस्तै एमालेका महासचिव इश्वर पोखरेलद्वारी जारी गरिएको विज्ञप्तिमा साँझ घर घरमा दिपावली गर्न भनिएको छ । एमालेले नयाँ संविधानले सबै समूदायको हक अधिकार सुनिश्चित हुने भन्दै नयाँ संविधानले जनताको चाहना पुरा गरेको उल्लेख गरिएको छ । उसले आन्दोलनरत दलहरुलाई अन्तिम समयमा भए पनि सहभागि हुन आग्रह गरेको छ । ‘हामीले अधिकतम सहमतिमा संविधान जारी गर्ने अग्रसरता लिएका छौं’, बैठकपछि एमाले महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘व्यवहारको कसीमा उत्रिदाँ अधुरा र अपुरा लाग्ने कतिपय विषयलाई वार्ता, संवाद र सहमति गरी संशोधनको वैधानिक माध्यमबाट पनि सुधार गर्न सकिनेछ ।’
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies