बेरुत । लेबननको हिजबुल्लाह आन्दोलनले मङ्गलबार गत महिना दक्षिण बेरुतमा इजरायली आक्रमणमा मारिएका हसन नसरल्लाहको उत्तराधिकारीका रूपमा उपप्रमुख नाइम कासेमलाई छनोट गरेको घोषणा गरेको छ ।
नसरल्लाहको हत्या भएको एक महिनाभन्दा बढी समयपछि इरान समर्थित समूहले विज्ञप्तिमा भनेको छ, “हिजबुल्लाहको (शासक) शूरा परिषद्ले शेख नाइम कासेमलाई हिजबुल्लाहको महासचिवका रूपमा निर्वाचित गर्न सहमति जनाएको छ ।”
हिजबुल्लाहको कार्यकारी परिषद्का प्रमुख हाशेम सफिएद्दिन सुरुमा नसरल्लाहको उत्तराधिकारी हुने अनुमान गरिएको थियो । तर उनी पनि नसरल्लाहको हत्यापछि छोटो समयमै बेरुतको दक्षिणी उपनगरमा भएको इजरायली आक्रमणमा मारिए । एकहत्तर वर्षीय कासेम सन् १९८२ मा हिजबुल्लाहका संस्थापकहरूमध्ये एक थिए र नसरल्लाहले नेतृत्व सम्हाल्नुभन्दा एक वर्षअघि सन् १९९१ देखि उनी पार्टीको उप–महासचिव रहेका छन् ।
उनको जन्म सन् १९५३ मा बेरुतमा इजरायलको सीमासँग जोडिएको क्फार फिला गाउँको एक परिवारमा भएको थियो । नसरल्लाह सन् २००६ को इजरायलसँगको युद्धपछि मुख्यतया लुकेर बस्न थालेपछि सार्वजनिक देखा पर्न जारी राख्ने उनी सबैभन्दा वरिष्ठ हिजबुल्लाह अधिकारी थिए ।
सेप्टेम्बर २७ मा ठूलो इजरायली हवाई आक्रमणमा नसरल्लाहको मृत्यु भएयता कासेमले तीन पटक टेलिभिजन सम्बोधन गरेका छन् । यसमा उनले नसरल्लाहले प्रयोग गर्ने लेबनानी बोलीचालीको भाषाको सट्टा बढी औपचारिक अरबी भाषामा बोलेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १७:४७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अम...
पौष ८ गते, २०८२ - १७:४६
काठमाडौं । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।...
पौष ८ गते, २०८२ - १७:४४
कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड आवश्यक रहेको कुरा पुनः दोहोर्याएका छन...
पौष ८ गते, २०८२ - १७:४१
बागलुङ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका ८५ स्थानीय तहमा रहेका न्यायिक समितिहरू पछिल्लो समय विवाद समाधानमा निकै प्रभावकारी देखिएका छन्। स्थानीय स्तरमै...
पौष ८ गते, २०८२ - १७:३८
बैतडी । हल गोरु पाल्ने दुर्गमका कृषकले प्रोत्साहन रकम पाउने भएका छन् । जिल्लाको पञ्चेश्वर, शिवनाथ, सिगास र डिलाशैनीका हल गोरु पाल्ने कृषकलाई रु पाँच ह...
पौष ८ गते, २०८२ - १७:३७
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । सो खारेजी पश्चात साविककै दरमा शुल्क काय...
पौष ८ गते, २०८२ - १७:३४
तनहुँ । रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका–१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फ...
पौष ८ गते, २०८२ - १७:३२
डडेल्धुरा । भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्...
पौष ८ गते, २०८२ - १७:२८
नेपालगन्ज । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन ...
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...




प्रतिकृया लेख्नुहोस्: