काठमाडौ । सरकारले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको आग्रहअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेका हुन्।
प्रधानमन्त्री ओली त्यसका लागि सकारात्मक भएपनि सत्ता साझेदार नेपाली कांग्रेस सकारात्मक नभएपछि रोकिएको निकट स्रोतको दाबी छ।
कांग्रेसले देशभित्रै दुध तथा दुग्धजन्य पदार्थको मौज्दात अत्यधिक रहेकाले अहिले आयात खोल्न नहुने तर्क गर्दै आएका छ। कांग्रेस र उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू सकारात्मक भए तत्काल दुध तथा दुग्धजन्य पदार्थको आयात खुल्ने जनाउँदै निकट स्रोतले भन्यो, ‘कांग्रेस तयार नहुँदा प्रस्ताव अघि बढ्न सकेको छैन। प्रस्ताव तयार छ।’
दुग्ध विकास संस्थान (डिडिसी) को तथ्यांकअनुसार झन्डै पाँच सय मेट्रिक टन बटर र ४५० मेट्रिक टन धुलो दुध मौज्दात छ भने देशभरका निजी डेरी उद्योगबाट दुई हजार मेट्रिक टन बटर र १५ सय मेट्रिक टन धुलो दुध मौज्दात छ। नेपाल डेरी एसोसिएसनले आयात खोल्ने योजनाले नेपालमा दुग्ध उत्पादक किसानलाई ठुलो असर पार्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य आपूर्ति मन्त्रालयलाई यो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै आएका छन्।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्र नै दुध तथा दुग्धजन्य पदार्थको उत्पादन अत्यधिक बढेको जनाउँदै २०८० फागुन ३ गतेदेखि त्यस्ता पदार्थको आयात स्थगन गर्ने निर्णय गरेको थियो। मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न निर्देशन दिएको थियो।
त्यसै क्रममा आयात हुँदै आएको चिल्लो हटाइएको दुध (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी), डेरी ह्वाइटनर, मिल्क पाउडरलगायत पैठारीमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो।
त्यस्तै जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेको, नौनी (बटर), घिउको पैठारीमा पनि रोक लगाएको छ। प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज, भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिजको पैठारीमा पूर्ण रोक लगाइको थियो।
दुध तथा दुग्धजन्य पदार्थ आयातमा रोक नलगाउँदा बर्सेनि औसत दुई अर्ब रूपैयाँ बाहिरिने गरेको छ। आव २०७९/८० मा दुई अर्ब २८ करोडको दुध तथा दुग्धपदार्थ आयात भएकामा ३१ करोडको चिज र ६ करोडको बटर आयात भएको उल्लेख छ। आव २०७८/७९ मा एक अर्ब ८१ करोडको दुध तथा दुग्धजन्य पदार्थ आयात भएको छ।
आव २०७७/७८ मा एक अर्ब ६७ करोड र आव २०७६/७७ मा दुई अर्ब तिन करोडको दुग्ध पदार्थ आयात भएको देखिन्छ भने गत साउनयता ३२ करोड ३२ लाख रूपैयाँबराबरको दुग्धजन्य पदार्थ आयात भएको छ। यसमध्ये ठुलो हिस्सा बन्देज नलगाइएको बच्चाको दुध पाउडर आएको छ। बच्चाको दुध पाउडर मात्र ३० करोड २३ लाख रूपैयाँबराबरको आयात भएको छ भने बाँकी चिज, बटर, पाउडर दुधलगायत आयात भएको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: