काठमाडौ । सरकारले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको आग्रहअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुध तथा दुग्धजन्य पदार्थको आयात खोल्ने तयारी गरेका हुन्।
प्रधानमन्त्री ओली त्यसका लागि सकारात्मक भएपनि सत्ता साझेदार नेपाली कांग्रेस सकारात्मक नभएपछि रोकिएको निकट स्रोतको दाबी छ।
कांग्रेसले देशभित्रै दुध तथा दुग्धजन्य पदार्थको मौज्दात अत्यधिक रहेकाले अहिले आयात खोल्न नहुने तर्क गर्दै आएका छ। कांग्रेस र उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू सकारात्मक भए तत्काल दुध तथा दुग्धजन्य पदार्थको आयात खुल्ने जनाउँदै निकट स्रोतले भन्यो, ‘कांग्रेस तयार नहुँदा प्रस्ताव अघि बढ्न सकेको छैन। प्रस्ताव तयार छ।’
दुग्ध विकास संस्थान (डिडिसी) को तथ्यांकअनुसार झन्डै पाँच सय मेट्रिक टन बटर र ४५० मेट्रिक टन धुलो दुध मौज्दात छ भने देशभरका निजी डेरी उद्योगबाट दुई हजार मेट्रिक टन बटर र १५ सय मेट्रिक टन धुलो दुध मौज्दात छ। नेपाल डेरी एसोसिएसनले आयात खोल्ने योजनाले नेपालमा दुग्ध उत्पादक किसानलाई ठुलो असर पार्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य आपूर्ति मन्त्रालयलाई यो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै आएका छन्।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्र नै दुध तथा दुग्धजन्य पदार्थको उत्पादन अत्यधिक बढेको जनाउँदै २०८० फागुन ३ गतेदेखि त्यस्ता पदार्थको आयात स्थगन गर्ने निर्णय गरेको थियो। मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न निर्देशन दिएको थियो।
त्यसै क्रममा आयात हुँदै आएको चिल्लो हटाइएको दुध (स्किम्ड मिल्क), चिनी वा अन्य गुलियो पदार्थ नहालिएको (डब्लुएमपी), डेरी ह्वाइटनर, मिल्क पाउडरलगायत पैठारीमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो।
त्यस्तै जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेको, नौनी (बटर), घिउको पैठारीमा पनि रोक लगाएको छ। प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज, भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिजको पैठारीमा पूर्ण रोक लगाइको थियो।
दुध तथा दुग्धजन्य पदार्थ आयातमा रोक नलगाउँदा बर्सेनि औसत दुई अर्ब रूपैयाँ बाहिरिने गरेको छ। आव २०७९/८० मा दुई अर्ब २८ करोडको दुध तथा दुग्धपदार्थ आयात भएकामा ३१ करोडको चिज र ६ करोडको बटर आयात भएको उल्लेख छ। आव २०७८/७९ मा एक अर्ब ८१ करोडको दुध तथा दुग्धजन्य पदार्थ आयात भएको छ।
आव २०७७/७८ मा एक अर्ब ६७ करोड र आव २०७६/७७ मा दुई अर्ब तिन करोडको दुग्ध पदार्थ आयात भएको देखिन्छ भने गत साउनयता ३२ करोड ३२ लाख रूपैयाँबराबरको दुग्धजन्य पदार्थ आयात भएको छ। यसमध्ये ठुलो हिस्सा बन्देज नलगाइएको बच्चाको दुध पाउडर आएको छ। बच्चाको दुध पाउडर मात्र ३० करोड २३ लाख रूपैयाँबराबरको आयात भएको छ भने बाँकी चिज, बटर, पाउडर दुधलगायत आयात भएको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - ०८:५८
गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...
आषाढ़ १४ गते, २०८३ - ०८:५६
काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...
आषाढ़ १४ गते, २०८३ - ०८:५२
काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...
आषाढ़ १४ गते, २०८३ - ०८:३७
इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...
आषाढ़ १४ गते, २०८३ - ०८:३०
न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...
आषाढ़ १४ गते, २०८३ - ०८:२०
काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...
आषाढ़ १४ गते, २०८३ - ०८:१९
नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...
आषाढ़ १४ गते, २०८३ - ०८:०९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...
आषाढ़ १४ गते, २०८३ - ०८:०५
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...
आषाढ़ १४ गते, २०८३ - ०८:०१
सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...



प्रतिकृया लेख्नुहोस्: