धनगढी । कैलालीमा ३३ ग्राम २७० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पाँचजना पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट खैराे हेराेइनसहित पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वको टोलीले जिल्ला धनगढी उपमहानगरपालिका-१ काे साथी होटल पछाडिको गल्लीबाट १० ग्रामसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा धनगढी-२ बस्ने २४ वर्षीय उमेश चौधरी र भारतकाे लखिमपुर पलिया बस्ने २५ वर्षीय प्रदिप मौरे रहेका छन् । यस्तै अछामकाे चौरपाटी गाउँपालिका-१ घर भएर धनगढी उपमहानगरपालिका-४ बस्ने प्रियंका होटेलका संचालक ३६ वर्षीय बिजय साउँदलाई पनि ३ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले टिकापुर नगरपालिका-९ खग्रौला चेक पोष्ट नजिकैबाट लम्कीचुहा नगरपालिका-१ बस्ने २२ वर्षीय उपेन्द्र साउदलाई १९ ग्राम ६८० मिलिग्रामसहित पक्राउ गरेको हो । साउँदले चलाएको सुपप्र ०१-००९ प ३४१६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै लम्कीचुहा नगरपालिका-२ मोतिपुर बस्ने २० वर्षीय रोशन शाहीलाई पनि पक्राउ गरिएको छ । शाहीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट शुद्ध तौल २१० मिलिग्राम लखैरो हेरोइन बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर अनुसन्धानक भइरहेको कैलालीका प्रमुख उपरीक्षक(एसपी) पदमबहादुर विष्टले बताए । विष्टले जिल्ला प्रहरी कार्यालयले चलाएकाे लागुऔषध दुर्व्यसनी नियन्त्रण अभियान अन्तरगत उनीहरू पक्राउ परेकाे बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: