Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय बालकको मृत्यु

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । प्युठानमा पार्किङ गरेर राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्।

जिल्लाको नौबहिनी गाउँपालिका–५ डामृमा बुधबार रोकी राखिएको भे २ त २०१९ नम्बरको ट्याक्टरमा खेलिरहेका बेला ट्याक्टर एक्कासि पछाडि गुडेर करिब ४०० मिटर तल खसेको थियो।

दुर्घटनामा स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिए पनि साँझ करिब साढे ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सोही दुर्घटनामा स्थानीय रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारस बुढा घाइते भएका छन्। उनको थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ का २१ वर्षीय विकास परियार र ट्याक्टरका मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, दक्षिण बागलुङ सडक सम्पर्कविहीन

बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड गएरातिदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। जैमिनी नगरपालिका–८ बेलबगर क्षे...

भन्सार छलीका साढे चार लाख बराबरका सामानसहित बोलेरो नियन्त्रणमा

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरेर नेपाल–चीन कोरला नाकाबाट भित्र्याइएका करिब रु ४ लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला ...

सप्तकोसीमा पानीको बहाव खतराको तह नजिक, ब्यारेजका २१ ढोका खोलियो

काठमाडौं । निरन्तर वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार रातिसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि २१ व...

पर्याप्त वर्षापछि नवलपुरमा धान रोपाइँ ८० प्रतिशत पुग्यो

काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...

कुखुरा किसानलाई ५० करोडभन्दा बढी राहत, ७५ प्रतिशत क्षतिपूर्ति वितरण

काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...

पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय बालकको मृत्यु

काठमाडौं । प्युठानमा पार्किङ गरेर राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्। जिल्लाको नौबहिनी ...

देशभर वर्षाको चेतावनी, पाँच प्रदेशमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वान...

प्रदेश सत्ता फेरबदलको संघारमा, सातै प्रदेशमा ‘किङमेकर’ नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...

शुक्रबारसम्म भारी वर्षाको चेतावनी, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...

एमालेसँग कांग्रेसको सत्ता सहकार्य टुट्ने संघारमा, दुई प्रदेश सरकार संकटमा

काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending