रौतहट । बाढी पीडितलाई राहत बितरणको नाउँमा भ्रष्टाचार भईरहेको भन्दै कटहरिया नगरपालिकामा पुनः तालाबन्दी गरिएको छ ।
हालै निलम्बन फुकुवा भएका मेयर अजय प्रकाश जैसवालले बाढी पीडितको राहतमा बिभेद गरेको भन्दै सोमवार दोस्रो पटक कटहरिया नगरपालिकामा तालाबन्दी गरिएको छ । मेयर जैसवालको कार्यकक्ष र जिन्सी फाँट खुलेको हेरेर दर्जनौंको संख्यामा गएका महिला पुरूष बाढी पीडित तथा जनप्रतिनिधि सहितको टोलीले पुनः तालावन्दी गरेका हुन् ।
तालाबन्दीको क्रममा कटहरिया नगर परिसरमा कुनै अप्रिय हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । मेयर निकट मानिसले आफूहरुसंग सल्लाहनै नगरी ताला खेलेको कारण पुनः तालाबन्दी गरिएको वडा ५ का सदस्य बैजनाथ दाशले बताएका छन् ।
गत असोजको दोस्रो साता परेको अबिरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले कटहरियामा सैयौं परिवार प्रभावीत भएका थिए। मेयर जैसवालले आफ्ना नजिकका मानिस तथा नातेदार लाई मात्र राहत दिएको र अन्य गरीब बिपन्न लाई बञ्चित गरेको कारण बाध्य भएर आन्दोलनमा उत्रनुपरेको वडा सदस्य दाशले गुनासो गरेका छन् ।
वडा ५ का सदस्य रामेश्वर यादवले आज दोस्रो पटक तालाबन्दीको क्रममा मेयर अजय प्रकाशले फोन गरेर आफूलाई थर्काएको बताएका थिए । राहतको नाममा मेयर जैसवालले ठूलो रकम अनियमितता गर्ने दाउमा रहेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले आरोप लगाएका छन्। नगरसभामा बिपद व्यवस्थापनमा छुट्याएको ५० लाख रुपैयाँ राहतकै नाउँमा मेयर जैसवालले सकाउने दाउमा रहेको कुशवाहाले दाबी गरेका छन् ।
प्रदर्शनको क्रममा वडा अध्यक्ष कुशवाहा, नगर कार्यपालिका सदस्य जामुन ठाकुर, वडा सदस्य द्धय बैजनाथ दाश र रामेश्वर यादवले मेयर अजय प्रकाश जैसवाल राहत, डिपिआर, गाडीको तेल, करार कर्मचारीको तलबको नाउँमा करोडौं करोड अनियमितता गर्दै आएको दाबी गरेका छन् ।
कटजबसम्म सम्पूर्ण पीडितलाई राहत नमिलेसम्म ताला नखोलिने आन्दोलनकारीहरुले अडान राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: