Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सन् २०३० को लक्ष्यहासिल गर्न विश्वका देशहरुको योजना ‘धेरै टाढा’: राष्ट्रसङ्घ

खबरडबली संवाददाता

पेरिस । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा पृथ्वीको तापक्रम वृद्धिबाट हुने उत्सर्जनमा २.६ प्रतिशतले मात्र कमी आउने बताएको छ । संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख सिमोन स्टिएलले ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसको सुरक्षित सीमासम्म सीमित गर्न यस दशकमा आवश्यक ४३ प्रतिशत कटौतीको नजिक विद्यमान प्रतिबद्धताले कहीँ पनि काम नगरेको बताएका छन् । 

स्टिएलले भने, “प्रतिवेदनको निष्कर्ष स्पष्ट छ तर आश्चर्यजनक छैन । हालको राष्ट्रिय जलवायु योजनाहरू विश्वव्यापी तापलाई हरेक अर्थव्यवस्थालाई समस्याग्रस्त बनाउन र अर्बौंको सङ्ख्यामा रहेको वैश्विक जीवन र जीविकोपार्जनलाई बर्बाद गर्नबाट रोक्न आवश्यकभन्दा हजारौँ माइल टाढा छन् ।”

अजरबैजानमा संयुक्त राष्ट्रसङ्घको कोप–२९ जलवायु शिखर सम्मेलन सुरु हुनुभन्दा केही हप्ताअघि र सन् २०२५ को सुरुमा सदस्य राष्ट्रहरूले आफ्नो अद्यावधिक चरणको राष्ट्रिय जलवायु योजना प्रस्तुत गर्ने तयारी गरिरहेका बेला यो निष्कर्ष आएको हो । स्टिएलले भने, “तापमान वृद्धिलाई बढावा दिने कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्याँसहरूको उत्सर्जनलाई तत्काल कम गर्न ‘साहसी’ योजनाहरू प्रस्तुत गर्नुपर्दछ ।”

विद्यमान प्रतिज्ञाअनुसार सन् २०३० सम्ममा ५१.५ अर्ब टन कार्बन डाइअक्साइड र त्यसको बराबर पृथ्वीलाई उष्ण बनाउने अन्य ग्याँसमा छोड्नेछ । “यी स्तरहरूमा ग्रीनहाउस ग्याँस प्रदूषणले अपवाद बिना हरेक देशका लागि मानव र आर्थिक क्षतिको ग्यारेन्टी गर्नेछ,” उनले भने । यो प्रतिवेदन ‘अर्को वर्ष हरेक देशबाट धेरै साहसी नयाँ राष्ट्रिय जलवायु योजनाहरूको साथ अपर्याप्तताको युगको अन्त्य गर्दै अघि बढ्नुपर्छ,” उनले थपे । 

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनईपी) ले पनि बिहीबार सदस्य राष्ट्रहरूले के प्रतिज्ञा गरेका छन् र के हासिल गर्नैपर्छ भन्ने बीच खाडल सिर्जना हुने चेतावनी दिएको छ । सन् २०१५ मा करिब २०० राष्ट्रले हस्ताक्षर गरेको पेरिस सम्झौतामा विश्वव्यापी तापमान वृद्धिलाई पूर्व औद्योगिक स्तरको तुलनामा २ डिग्री सेल्सियसभन्दा तल राख्ने र सम्भव भएमा १.५ डिग्री सेल्सियसको सुरक्षित सीमा कायम राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । 

संयुक्त राष्ट्रसङ्घले गठन गरेको विज्ञका अनुसार तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियससम्म नियन्त्रण गर्ने ५० प्रतिशत सम्भावना हासिल गर्न सन् २०१९ को तुलनामा सन् २०३० सम्ममा विश्वव्यापी उत्सर्जन ४३ प्रतिशतले घट्नुपर्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending