Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

डोल्पाको छलगाडमा पक्की पुल निर्माण गरिने

खबरडबली संवाददाता

डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने छलगाडमा पक्की पुलको निर्माण कार्य छठपछि सुरु गरिने भएको छ । भेरिकरिडोर सडकअन्तर्गत पर्ने उक्त पक्की पुलको निर्माण कार्य वाइपी एमआर जेभि भरतपुर चितवनले सुरु गर्ने भएको हो ।

२०८३ साउन भित्रमा सम्पन्न गरी सक्नुपर्ने पुलको छठपछि निर्माण कार्य सुरु गरिने गरी अहिले लेआउटको काम अन्तिम चरणमा पुगेको पुल निर्माणको जिम्मेवारी पाएको वाइपी एमआर जेभीका आधिकारिक प्रतिनिधि सागर भट्टराईले जानकारी दिए।

एउटा मात्र स्पाम रहने पक्की पुलको निर्माण अवधि ४२ महिनामध्ये ९ महिना पुलको डिजाइनको समय रहेकोमा डिजाइन लगायत लेआउटको काम सम्पन्न भएको छ ।

अबको ३३ महिना भित्रमा पुल निर्माण भइसक्ने वाइपी एमआर जेभिका प्रतिनिधि भट्टराईले बताउनुभयो । छलगाडमा निर्माण हुने पुल ४० मिटर लम्बाई ११ मिटर चौडाइको हुने छ ।

भेरिकरिडोर सडक खण्डअन्तर्गतको डोल्पाको त्रिपुरासुन्दरी–१ छलगाडमा पुल नहुँदा सवारी आवागमनमा समस्या हुँदै आएको छ ।

वाइपी एमआर जेभि भरतपुर चितवनले डोल्पामा पर्ने छलगाड, खदाङलगायत जाजरकोटको तल्लु र रुकुम पश्चिमको अनाहज्युला जोड्ने भेरिनदी माथिको पक्की पुल निर्माणको जिम्मेवारी पाएको छ । तल्लु र खदाङमा हाल अस्थायी रूपमा बेलिब्रिज पुल निर्माण भई सवारी साधन सञ्चालनमा छन् ।

तर छलगाड खोलामाथि बेलिब्रिज पुल नभई एकैसाथ पक्की पुल निर्माण गरिने भएकाले पहिलो प्राथमिकतामा राखेर छिटोभन्दा छिटो निर्माण गर्ने गरी काम सुरु गरिने वाइपी एमआर जेभिका प्रतिनिधिको भनाइ छ ।

स्थानीय अवरोध लगायत कानुनी समस्या नआएमा आगामी वर्ष २०८२ को असार मसान्त भित्रमा पक्की पुल निर्माण गरी सक्ने निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माणका लागि पर्याप्त बजेट विनियोजन भएको र त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया लगायतको पहल सकारात्मक रहेकाले पुल निर्माण छिटोभन्दा छिटो सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि सागर भट्टराईले बताए ।

जाजरकोटको तल्लुबगरस्थित भेरिनदि माथिको पुल डोल्पाको खदाङस्थित हरियापानी र छलगाड खोलामाथि गरी तीन ओटा पक्की पुल निर्माणका लागि ३६ करोडमा वाईपी एमआर जेभि भरतपुर चितवनले जिम्मेवारी लगेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

सडक पेटी अतिक्रमण तत्काल हटाउन सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...

बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम परिमार्जन, अब ‘मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम’ लागू

जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...

नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...

रेबिज खोप अभावको कारण जुम्लाकी ८ वर्षीया बालिकाको मृत्यु

जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...

प्रधानमन्त्री बालेनलाई विश्वप्रकाशको आग्रह: मन्त्रीहरूको बोलीमा नियन्त्रण गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...

सुस्ता समस्या समाधानको पहल, सुस्तावासीसँग छलफल

पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...

ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने मधेस सरकारको घोषणा

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending