झापा । लापरबाही गरी दुर्घटना गराउन थालेपछि ट्राफिक प्रहरीले झापामा रातो बसहरुलाई लक्षित गरी एक्सन अघि बढाएको छ।
ओभरस्पिड, ध्वनि प्रदूषण र प्रतिस्पर्धा गर्ने बसहरूमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही थालेको हो। तीन दिनमा ७३ वटा बसहरुलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए।
उनले बुधवार २७, बिहीवार १३ र शुक्रवार ३३ वटा बसहरुलाई कारबाही गरिएको जानकारी दिए। उनले पहिलो पटक गल्ती गर्नेलाई ५००, दोस्रो पटक गर्नेलाई १०००, तेस्रो पटक गर्नेलाई १५०० रुपैयाँका दरले बढाएर जरिवाना लिने गरेको बताए।
केर्खामा दुईजनाको मृत्यु भएको दिन पनि २७ वटा बसलाई कारबाही गरिएको बताउँदै प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले यति गर्दागर्दै दुर्भाग्यवश सो दुर्घटना भएको सुनाए।
शुक्रबार मेचीनगरको कालीझोडामा ट्राफिक प्रहरीले ५५ वटा रातो र हरियो लोकल बसका चालक र सहचालकलाई ‘अन द स्पट’ प्रशिक्षण दिएको थियो।
बसका चालक र सहचालकलाई सुरक्षित यात्रा र ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गरिएको छ। साथै, ध्वनि प्रदूषण गर्ने बसहरूको प्रेशर हर्नसमेत निकालिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्दै रातो बसलाई कारबाही सुरु गरेको हो। दुर्घटना न्यूनीकरणका लागि आइतवार जिल्ला प्रशासन कार्यालयमा जिल्ला यातायात व्यवस्थापन समितिको बैठक राखिएको छ।
त्यस बैठकमा टाइम कार्ड लागू गर्ने विषयमा छलफल हुने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: