झापा । लापरबाही गरी दुर्घटना गराउन थालेपछि ट्राफिक प्रहरीले झापामा रातो बसहरुलाई लक्षित गरी एक्सन अघि बढाएको छ।
ओभरस्पिड, ध्वनि प्रदूषण र प्रतिस्पर्धा गर्ने बसहरूमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही थालेको हो। तीन दिनमा ७३ वटा बसहरुलाई कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए।
उनले बुधवार २७, बिहीवार १३ र शुक्रवार ३३ वटा बसहरुलाई कारबाही गरिएको जानकारी दिए। उनले पहिलो पटक गल्ती गर्नेलाई ५००, दोस्रो पटक गर्नेलाई १०००, तेस्रो पटक गर्नेलाई १५०० रुपैयाँका दरले बढाएर जरिवाना लिने गरेको बताए।
केर्खामा दुईजनाको मृत्यु भएको दिन पनि २७ वटा बसलाई कारबाही गरिएको बताउँदै प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले यति गर्दागर्दै दुर्भाग्यवश सो दुर्घटना भएको सुनाए।
शुक्रबार मेचीनगरको कालीझोडामा ट्राफिक प्रहरीले ५५ वटा रातो र हरियो लोकल बसका चालक र सहचालकलाई ‘अन द स्पट’ प्रशिक्षण दिएको थियो।
बसका चालक र सहचालकलाई सुरक्षित यात्रा र ट्राफिक नियमको पालना गर्न सचेतना प्रदान गरिएको छ। साथै, ध्वनि प्रदूषण गर्ने बसहरूको प्रेशर हर्नसमेत निकालिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्दै रातो बसलाई कारबाही सुरु गरेको हो। दुर्घटना न्यूनीकरणका लागि आइतवार जिल्ला प्रशासन कार्यालयमा जिल्ला यातायात व्यवस्थापन समितिको बैठक राखिएको छ।
त्यस बैठकमा टाइम कार्ड लागू गर्ने विषयमा छलफल हुने जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २ गते, २०८३ - ०७:३१
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...
जेष्ठ २ गते, २०८३ - ०७:२५
काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...
जेष्ठ २ गते, २०८३ - ०७:१८
काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...
जेष्ठ २ गते, २०८३ - ०७:०४
बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...
जेष्ठ २ गते, २०८३ - ०७:०१
सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...
जेष्ठ २ गते, २०८३ - ०६:५८
भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...
जेष्ठ २ गते, २०८३ - ०६:५३
काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...
जेष्ठ २ गते, २०८३ - ०६:४९
काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...
जेष्ठ २ गते, २०८३ - ०६:४६
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...
जेष्ठ २ गते, २०८३ - ०६:४२
काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...



प्रतिकृया लेख्नुहोस्: