भैरहवा । ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र नेक्सस रुपन्देही–११ नेपाल फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा दीपक पुनियाको शतक, दिपान्सु फोरको अर्धशतक र क्षितिजको उत्कृष्ट बलिङको मद्दतमा पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई १ सय ५५ रनको फराकिलो अन्तरले पराजित गर्दै भारतको लाइफ केयरले फाइनल यात्रा पक्का गरेको हो ।
यस्तै, दोस्रो सेमिफाइनलमा नेक्सस रुपन्देही–११ ले बंगलादेशको साइक्यू क्रिकेट एकेडेमीमाथि ८ विकेटको जित निकाल्दै फाइनल पुगेको हो । अब लाइफ केयर र नेक्ससबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
भैरहवास्थि सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लाइफ केयरले ५ विकेटको नोक्सानीमा २ सय ४७ रनको विशाल योगफल बनायो । उसका लागि दीपनक पुनियाले ५८ बलमा ९ चौका र ६ छक्काको मद्दतमा १ सय १ रनको शतकीय पारी खेले । यस्तै, दिपान्सु फोरले ६५, विपुलले अविजित २९, एकान्स डोबलले १९ र जस्मित नैनले १३ रनको योगदान गरे । बलिङमा पाकिस्तानको जावेद गोहारका मोहम्मद इश्तियाक अहम्मदले ४ र ऋषभ जोशीले १ विकेट हात पारे ।
२ सय ४८ रनको विशाल लक्ष्यसहित ब्याटिङ गरेको जावेद गोहारले १५ ओभर ४ बलमा ९ विकेटको नोक्सानीमा ९२ रन मात्रै बनाउन सक्यो । अन्तिम विकेट हातमा रहँदा पनि उसले खेल टुंग्यायो । उसका लागि अली हुसेनले ४२, ऋषभ जोशीले २३ र मोहम्मद इश्तियाक अहम्मदले १५ रन बनाए पनि अन्या ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम फाइनल पुग्नबाट चुक्यो । बलिङमा भारतको लाइफ केयरका क्षितिजले ४ ओभरमा १ मेर्डनसहित १३ रन खर्चेर ५ विकेट लिए । यस्तै, योगेश कुमारले ३ तथा राजेश शर्माले १ विकेट लिन सफल भए । खेलमा दीपक पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साइक्यूले १८ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८८ रनको झिनो स्कोर बनायो । साइक्यूका ब्याटर सेमिफाइनलमा चल्न सकेनन् । उसका लागि एकसले २७, शौरबले १३, सिफत सदीकले १२, मुनिमले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिम पराजित हुन पुग्यो । बलिङमा उसलाई सस्तैमा रोक्न नेक्सस रुपन्देहीका बसिर अहम्मदले ३, शाहब आलम र दिपेश कँडेलले २–२ तथा दुर्गेश गुप्ता र दिनेश अधिकारीले समान १–१ विकेट हात पारे ।
८९ रनको झिनो लक्ष्यसहित मैदानमा उत्रिएको नेक्सस रुपन्देहीले ११ ओभरमा ५ बलमा लक्ष्य पूरा गर्दै सहजै जित निकाल्यो । उसको जितमा शंकर रानाले ४०, विपिन विक्रम शाहीले १५ र मिर्नाल गुरुङले ११ रनको योगदान दिए । बलिङमा साइक्यूका शाहदत रहमान र एकसले १–१ विकेट लिए । खेलमा वसिर अहम्मद म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।
नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - २२:१४
प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...
चैत्र २६ गते, २०८२ - २१:५७
काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...
चैत्र २६ गते, २०८२ - २१:४८
काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...
चैत्र २६ गते, २०८२ - २१:३१
धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...
चैत्र २६ गते, २०८२ - २१:२५
काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...
चैत्र २६ गते, २०८२ - २१:०८
चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...
चैत्र २६ गते, २०८२ - २१:०३
कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...
चैत्र २६ गते, २०८२ - २०:२१
काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...
चैत्र २६ गते, २०८२ - २०:१०
झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...
चैत्र २६ गते, २०८२ - १९:५१
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन । यो पार्टीभि...


प्रतिकृया लेख्नुहोस्: