Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’

खबरडबली संवाददाता

बेरूत । एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी आन्दोलनका लागि मौलिक परिवर्तनलाई चिह्नित गरेको छ । 

“नसरल्लाहको मृत्युले हिजबुल्लाहको एक युगको अन्त्य गरेको छ”, अमेरिकास्थित थिङ्क ट्याङ्क सेन्च्युरी फाउन्डेसनका विश्लेषक साम हेलरले भने । दशकौँ सत्तामा रहेपछि, नसरल्लाहको मृत्युले “संगठनका लागि आवश्यक रूपमा परिवर्तनलाई चिह्नित गर्नेछ”, उनले बताए । नसरल्लाहको प्रभाव लेबनानमा शिया मुस्लिम समर्थन आधारभन्दा धेरै टाढासम्म फैलिएको थियो।  उनि संयुक्त राज्य अमेरिका र इजरायल विरुद्ध इरानी प्रतिरोधको एक प्रमुख स्तम्भ थिए । 

इजरायलले गत सेप्टेम्बर २७ मा बेरुतको दक्षिणी उपनगरमा गरेको हवाई आक्रमणमा नसरल्लाहको हत्यापछी हिजबुल्लाहको आन्दोलनलाई नयाँ युगमा धकेलेको छ । गत महिना, इजरायलले हिजबुल्लाहको गढहरूमा आक्रमणहरू बढाएको थियो जसमा एकपछि अर्को समूहको शीर्ष नेतृत्वको मृत्यु भएको हो । सन् १९९२  देखि समूहको नेतृत्व गरिरहेका नसरल्लाहले दशकौँसम्म इजरायलविरुद्ध कारबाहीको नेतृत्व गरे । हेलरका अनुसार उनि सङ्गठनको अग्रणी निर्णयकर्ता थिए । 

समूहको शासक शूरा काउन्सिलले अहिलेसम्म उत्तराधिकारी नियुक्त गरेको छैन । नसरल्लाहको हत्याको केही दिनपछि उक्त पदका लागि सम्भावित धर्मगुरु हाशेम सफीद्दिनको पनि इजरायली आक्रमणमा हत्या भएको थियो । हिजबुल्लाह हाल नेतृत्वबिहिन रहेको यसका उप प्रमुख नईम कासेमले बताए । त्यसैगरी, प्रधानमन्त्री नाजिब मिकातीसहित अन्य लेबनानी अधिकारीहरूले उक्त समूहसँग हप्तौँदेखी सम्पर्क नभएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending