Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

आफूलाई भाग्यशाली परराष्ट्रमन्त्री ठानेको छुः आरजु

खबरडबली संवाददाता

काठमाडौं  । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयमा श्रोत साधानको निकै कमी रहेको बताएकी छन् । यद्यपि प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा १०० दिनका लागि तोकिएको सबै काम गर्न सकेको उनले बताइन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले मन्त्रालयमा आउँँदा कामको ‘ओभर लोड’ देखेको सुनाइन् । त्यसका बाबजुद कर्मचारीले निकै मिहिनत गरेको भन्दै उनले भनिन्, ‘परराष्ट्र नीति, इकोनोमिक्स डिप्लोमेसी र डायस्पोरालाई दिनुपर्ने सर्भिसेसका लागि नेपालको परराष्ट्र मन्त्रालयलाई चाहिने स्रोत साधन चाहिं कमी रहेछ । मलाई एकदमै कमजोर महसुस भयो ।’

इकोनोमिक्स डेप्लोमेसीका लागि छुट्टै डिभिजन समेत नभएको उनले सुनाइन् । मन्त्री राणाले भनिन्, ‘अर्कोचाहिं विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई जति सेवा दिनुपर्ने थियो, त्यो दिन सक्ने जनशक्ति र अनलाइन टेक्नोलोजीहरु अभाव रहेछ । धेरै कुराको कमी भएको पाएँ ।’

वर्षौंदेखि ओएनएम नभएको तर कस्तो संरचना चाहिन्छ भन्ने अध्ययन नगरी चलेको पाएको उनले सुनाइन् । आफ्नो १०० दिनमा ओएनएम ९संगठन तथा व्यवस्थापन० गर्न सफल भएको भन्दै परराष्ट्रमन्त्री राणाले भनिन्, ‘प्रधानमन्त्री, अर्थमन्त्री, सामान्य प्रशासन मन्त्री अर्कै पार्टीको हुनुहुन्छ । तर उहाँहरु र म मिलेर यतिका वर्षसम्म पास नभएको ओएनएम पास गर्न सफल भयौं ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...

आजको तरकारी तथा फलफूलको थोक मूल्य : गोलभेँडा ८ रुपैयाँदेखि, स्याउ २८० रुपैयाँ प्रतिकिलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...

वामएकतामाथि गोकुलको प्रहार : ‘फुटाएर फेरि जोड्ने खेल किन ?’

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...

हिलोमा रमाए विदेशी पर्यटक, पोखरामा असारे रोपाइँ महोत्सवको रौनक

कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...

हाइड्रो–टुरिजमको नमुना बन्ने मौलाकालिका आयोजना, ऊर्जामन्त्री श्रेष्ठद्वारा स्थलगत निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...

तुलसीपुरमा खानेपानी संकट : धारामा पानी नआएपछि ट्यांकरबाट वितरण

दाङ । तुलसीपुरमा खानेपानीको चरम अभाव भएपछि खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले प्रभावित क्षेत्रमा ट्यांकरमार्फत पानी वितरण सुरु गरेको छ। केही दिनदेख...

धान दिवसमा भीष्मराज आङदेम्बेको आह्वान : कृषिलाई सम्मानित र आत्मनिर्भर बनाऔँ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ...

खुम्चियो, ‘रक्तिम’को स्वर अझै बुलन्द

रुपन्देही । राजनीतिक उतारचढाव, विभाजन र संगठनात्मक संकुचनका कारण राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)को प्रभाव पहिलेको जस्तो व्यापक नरहे पनि त्यससँग जोडि...

राष्ट्रपतिको आह्वान : बाँझो जमिन नराखौं, कृषिलाई आधुनिक र व्यावसायिक बनाऔँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाँझो जमिन राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिएका छन...

सरकारी विद्यालयको पीडा : एउटै कोठामा तीन कक्षा, शौचालय र खानेपानीसमेत छैन

मुगु । दुर्गम जिल्ला मुगुको सोरु गाउँपालिका–६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षाकोठाको अभावले विद्यार्थी संयुक्त कक्षामा पढ्न बाध्य छन्। ए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending