Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अमेरिकी व्यवसायीलाई अर्थमन्त्री पौडेलको आग्रह

खबरडबली संवाददाता

वासिङ्टन डिसि । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागि हुने क्रममा  हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा  रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले आज कमर्सका प्रतिनिधिहरुसंग भएको राउण्डटेवल बैठकमा उक्त आग्रह गरेका हुन् ।

नेपालमा अन्य मुलुकको तुलनामा लगानिकर्ताको लागि सस्तो र गुणस्तरीय सूचना प्रविधि सम्वद्ध जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले कानूनी र प्रक्रियागत सुधार गरी लगानीको वातावरण तयार गरिएकाले सो को लाभ उठाउन अमेरिकी व्यावसायिलाई आग्रह गरे ।

सूचना प्रवधिको क्षेत्रमा एक डलरमै कम्पनी स्थापना गर्न सक्ने र पांच वर्षसम्म आयकरमा पचास प्रतिशत छुट दिने सरकारको नीति बारे जानकारी दिंदै उपप्रधानमन्त्री पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा युएस चेम्बर अफ कमर्स दक्षिण एसिया उपक्षेत्रका बरिष्ठ उपाध्यक्ष अतुल केशपले दर्जनौ अमेरिकी कम्पनी नेपालमा लगानी गर्न चासो र उत्सुक रहेको वताउनु भएको थियो। उहाँले हालै नेपाल सरकारले गरेको लगानीसंग सम्वन्धित दर्जन हाराहरी कानूनको सुधार एवं परिमार्जन, सार्वभौम क्रेडिट रेटिङ र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठनले व्यावसायिक वातावरण वनाउनमा योगदान गरेको उल्लेख गर्दै नेपालले गरेको सुरधार प्रयासको प्रशंसा पनि गरेका थिए । 

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानीको लागि प्रशस्त संभावना र उपयुक्त वातावरण बनेको उल्लेख गर्दै अमेरिकी उद्यमी व्यावसायीलाई नेपालमा लगानी विस्तार गरी लाभ लिन आग्रह गरे । कार्यक्रममा उपस्थित युएस चेम्वर अफ कमर्सका प्रतिनिधिहरुले नेपालमा सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा लगानी गर्नका लागि उत्सुक रहेको धारणा राखेका थिए ।

यसैबीच आजै उपप्रधानमन्त्री पौडेलसंग अन्तराष्ट्रिय मुद्रा कोषका उप प्रबन्ध निर्देशक बो लिको भेटवार्ता भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले सहुलियतपूर्ण कर्जा सुविधा, नीतिगत सल्लाह सुझाव र क्षमता विकास लगायतका विभिन्‍न कार्यक्रम मार्फत नेपालको आर्थिक विकासमा कोषले पुर्‌याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा कोषले थप योगदान गर्ने अपेक्षा समेत राखेका थिए । भेटका क्रममा उपप्रधानमन्त्री पौडेलले अन्तर्राष्‍ट्रिय मुद्रा कोष जस्ता संस्थाको मूल्याङ्कनले नेपालको अर्थतन्त्रमा सुधार भइरहेको देखाएको तथ्य उल्लेख गर्दै आगामी दिनमा कोषका सुझावहरुलाई समेत ध्यानमा राखि आर्थिक सुधारका कार्य अगाडी वढाउने जानकारी दिए । 

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसंग आजै मिलेनियम च्यालेन्ज कर्पोरेशन-एमसिसिका सिईओ एलिस अलब्राईट र उपाध्यक्ष क्यामरन अल्फर्डको समेत भेटवार्ता भएको थियो। भेटका क्रममा नेपालमा एमसिसि परियोजना कार्यान्वयनको पछिल्लो प्रगति अवस्था र थप वित्तीय सहायता परिचालनका सम्वन्धमा छलफल भएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending