मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट तार चोरी अभियोगमा तीन जनासहित चोरीका अन्य घटनामा संलग्न ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
हेटौँडा सिमेन्टबाट तार चोरी गर्ने तीन, हेटौँडा– ८ मा निर्माणाधिन घरबाट तार चोरी गर्ने दुई, हेटौँडा ८ र २ बाट मोटरसाइकल, म्युजिक सिस्टम र नगद चोरी गर्ने एक र लेनडाँडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गर्ने दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार हेटौँडा सिमेन्ट उद्योग परिसरबाट तामाको तार चोरीमा संलग्न भएकामध्ये हेटौँडा– १२ का मनिराज थोकर, हेटौँडा– १३ का सन्तबहादुर तितुङ र भारतको मोतिहारीका दिलखुशकुमार साहलाई पक्राउ गरिहेको हो । सातजनाको समूहमा आएका व्यक्तिहरुले असोज २३ गते राति हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोपवेदेखि क्रसरसम्म जाने ६ इन्च र ४ इन्चको बिजुलीको तामाको तार चोरी गरेका थिए । चोरीमा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरी प्रमुख खड्काले बताए। चोरीमा संलग्न भनिएका थोकर र तितुङले उक्त तार हेटौँडा– ४ वनविज्ञान नजिकै कवाडीमा बिक्रि गरेका बताइएको छ । सोहि क्रममा कवाडी सञ्चालक दिलखुशकुमारसहित थोकर र तितुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले हेटौँडा ८ कमानेमा रहेको कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तार चोरी गरेको भन्दै स्थानीय २८ वर्षीय सुमन राई र २५ वर्षीय समिर घिमिरेलाई पक्राउ गरेको छ । यसैगरी हेटौँडा ८ मा रहेको हेटौँडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार नगद तथा हेटौँडा २ शान्तिटोलबाट राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल चोरी गरेको अभियोगमा हेटौँडा ८ कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीस्थित कान्ति लोकपथ सडक खण्डबाट ३७ किलो सेतो धातुको तारसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने कन्चनपुरको बेलडी ३ का २४ वर्षीय राजेश्वर चौधरी र राहुल चौधरी रहेका छन् ।
उनीहरुलाई प्रहरीले लेनडाँडाबाट हेटौँडातर्फ आउँदै गर्दा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । चोरीका घटनामा संलग्न आठैजनालाई जिल्ला प्रहरी कार्यलय मकवानपुरमा राखी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: