मकवानपुर । मकवानपुर प्रहरीले हेटौँडा सिमेन्ट उद्योगबाट तार चोरी अभियोगमा तीन जनासहित चोरीका अन्य घटनामा संलग्न ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
हेटौँडा सिमेन्टबाट तार चोरी गर्ने तीन, हेटौँडा– ८ मा निर्माणाधिन घरबाट तार चोरी गर्ने दुई, हेटौँडा ८ र २ बाट मोटरसाइकल, म्युजिक सिस्टम र नगद चोरी गर्ने एक र लेनडाँडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गर्ने दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार हेटौँडा सिमेन्ट उद्योग परिसरबाट तामाको तार चोरीमा संलग्न भएकामध्ये हेटौँडा– १२ का मनिराज थोकर, हेटौँडा– १३ का सन्तबहादुर तितुङ र भारतको मोतिहारीका दिलखुशकुमार साहलाई पक्राउ गरिहेको हो । सातजनाको समूहमा आएका व्यक्तिहरुले असोज २३ गते राति हेटौँडा सिमेन्ट उद्योगको पश्चिमतर्फको रोपवेदेखि क्रसरसम्म जाने ६ इन्च र ४ इन्चको बिजुलीको तामाको तार चोरी गरेका थिए । चोरीमा संलग्न रहेका अन्यको खोजी भइरहेको प्रहरी प्रमुख खड्काले बताए। चोरीमा संलग्न भनिएका थोकर र तितुङले उक्त तार हेटौँडा– ४ वनविज्ञान नजिकै कवाडीमा बिक्रि गरेका बताइएको छ । सोहि क्रममा कवाडी सञ्चालक दिलखुशकुमारसहित थोकर र तितुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले हेटौँडा ८ कमानेमा रहेको कर्णावती मार्गस्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तार चोरी गरेको भन्दै स्थानीय २८ वर्षीय सुमन राई र २५ वर्षीय समिर घिमिरेलाई पक्राउ गरेको छ । यसैगरी हेटौँडा ८ मा रहेको हेटौँडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार नगद तथा हेटौँडा २ शान्तिटोलबाट राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नम्बरको यामाहा कम्पनीको मोटरसाइकल चोरी गरेको अभियोगमा हेटौँडा ८ कमानेका २४ वर्षीय सुशान्त श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीस्थित कान्ति लोकपथ सडक खण्डबाट ३७ किलो सेतो धातुको तारसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने कन्चनपुरको बेलडी ३ का २४ वर्षीय राजेश्वर चौधरी र राहुल चौधरी रहेका छन् ।
उनीहरुलाई प्रहरीले लेनडाँडाबाट हेटौँडातर्फ आउँदै गर्दा प्रदेश २–०१–००३ प ६१०५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । चोरीका घटनामा संलग्न आठैजनालाई जिल्ला प्रहरी कार्यलय मकवानपुरमा राखी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: