Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी

खबरडबली संवाददाता

पर्वत । कुश्मा नगरपालिका–८ चुवाकी देवीकुमारी क्षेत्रीले व्यावसायिक कृषि फार्म सञ्चालन गरेर वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएकी छिन् । सुन्दरेखोला कृषि तथा पशुपालन फार्म सञ्चालन गरेकी क्षेत्रीले माछा, कुखुरा, बाख्रा तथा हाँसपालन गर्दै आएकी हुन् ।

दश रोपनी क्षेत्रफलमा पाँचवटा पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछा पालन गर्दै आएकी क्षेत्रीले वार्षिक १५ हजार किलोग्राम भन्दाबढी माछा बिक्री गर्ने गरेको बताइन् । माछाका साथै उनको फार्ममा गाईभैँसीसहित, स्थानीय जातका कुखुरा, बाख्रा तथा हाँस पनि छन् । दैनिक ३० देखि ४० लिटर दूध बिक्री गर्दै आएको उनले बताइन् । 

रु २५ लाख लगानी गरेर सात वर्षदेखि सञ्चालनमा आएको उक्त फार्मबाट सबै खर्च कटाएर वार्षिक रु १२ लाखसम्म आम्दानी हुने गरेको क्षेत्रीले जानकारी दिइन् । फार्ममा उत्पादित माछा, दूध, बाख्रा तथा बोका, कुखुरा, हाँस बिक्री गर्न बजार जानु नपर्ने भन्दै मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड नजिकै फार्म भएकाले ग्राहक/व्यावसायी घरमा आएर खरिद गर्ने गरेका उनले बताइन् । 

“सुरुमा लगानी धेरै गरेँ, व्यवसाय सङ्कटमा पर्छ कि भन्ने लागेको थियो, पछि उत्पादित सबै वस्तु सहज रूपमा घरबाटै बिक्री हुन थालेपछि लगानी र व्यवसाय थप गर्दै गएकी हुँ”, क्षेत्रीले भनिन् । कृषिबाट भएको आम्दानीले दुई छोरालाई शिक्षाका लागि अमेरिका पठाएको बताउँदै उनले श्रीमान् पनि रोजगारीको सिलसिलामा विदेश नै रहेको जानकारी दिइन् ।

क्षेत्रीले फार्ममा तीन जनालाई रोजगारी दिएको जानकारी दिइन् । “पहिलेदेखि आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगार बन्ने योजना थियो”, उनले भनिन्, “यसअघि व्यावसायिक बङ्गुरपालनसमेत गरेँ, त्यसअघि स्थानीय मदिरा उत्पादन गरेकी थिएँ । पछि कृषि क्षेत्रमा आबद्ध भएकी हुँ ।”

आम्दानीका लागि महिलालाई पुरुषको सहयोग चाहिन्छ भन्ने कुरालाई चुनौती दिँदै आफू सफल महिला उद्यमी बनेको क्षेत्रीको भनाइ छ । अधिकांश समय फार्ममा व्यस्त देखिने क्षेत्री राजनीतिमासमेत सक्रिय छिन् । नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशको महिला विभाग प्रमुखसमेत रहेकी क्षेत्री, महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा पनि काम गर्दै आएकी छिन् । “पार्टीको कार्यक्रम परेमा अन्य जिल्लामा समेत जाने गरेकी छु । कार्यक्रम नपर्दा फार्मको रेखदेखमा समय बिताउँछु”, उनले भनिन् । 

आँट, समयको व्यवस्थापन र मेहनतका साथ आफ्नो कामलाई निरन्तरता दिने हो भने सफल भइने क्षेत्रीको बुझाइ छ । कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलगायत संस्थाबाट प्राविधिक तथा अन्य तालिम र सहयोग प्राप्त गरेको उनले जानकारी दिइन् । 

स्वदेशमा रहेर व्यावसायिक रूपमा कृषि पेसा गर्नेहरूलाई तीनै तहका सरकारले अनुदान, बजारीकरण र प्राविधिक सहयोग, तालिमलगायत व्यवस्थापन गरेका युवा पुस्ताको बढ्दो विदेश पलायन रोक्न सकिने क्षेत्रीले विश्वास व्यक्त गरिन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending