Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

१४० भन्दा बढी रोहिंग्या शरणार्थी इन्डोनेसियामा

खबरडबली संवाददाता

इन्डोनेसिया । पश्चिमी इन्डोनेसियामा बिहीबार कम्तिमा १४६ रोहिंग्या शरणार्थीहरू आइपुगेको स्थानीय अधिकारीले बताएका छन् । अधिकारीका अनुसार समुद्रको अवस्था शान्त भएपछि उत्पीडित अल्पसङ्ख्यक शरणार्थीहरू आगमन पुनः बढेको छ ।

मुस्लिम समुदायका रोहिंग्याहरूलाई म्यानमामा असमानता र आफ्ना अधिकारहरु बाट वञ्चित भई हरेक वर्ष मलेसिया, इन्डोनेसियालगायतका देशमा पुग्न लामो र खतरापूर्ण समुद्री यात्रा गर्ने गर्छन् । उत्तरी सुमात्रा प्रान्तको पान्ताई लाबु सहरमा अवतरण गरेको डङ्गामा ६४ जना पुरुष, ६२ जना महिला र २० जना बालबालिका शरणार्थीहरू रहेको स्थानीय अधिकारी मुहम्मद फैसल नसुसनले बताएका छन् । 

उनका अनुसार शरणार्थीहरूलाई स्थानीय जिल्ला कार्यालय स्थित अस्थायी आश्रयमा लगिएको जहाँ उनीहरू स्थानान्तरणको प्रतीक्षामा छन् । नासुसनले भोका नाङ्गा तथा तकित अवस्थामा रहेका शरणार्थीहरूलाई स्थानीयहरूले कपडा तथा खाद्यान्न उपलब्ध गराएको बताएका छन् । 

उनीहरू संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसीआर) को स्थानान्तरणको थप निर्देशनको प्रतिक्षामा रहेको र शरणार्थीहरूलाई सहयोगार्थ एउटा टोली घटनास्थलमा रहेको इन्डोनेसियामा युएनएचसीआरका लागि सुरक्षा सहयोगी फैसल रहमानले बताएका छन् । उत्तरी सुमात्राको सिमानामा रहेको दक्षिणी आचेहको तटबाट एक माइल टाढा एक सय भन्दा बढी शरणार्थीको अर्को समूह रहेको उल्लेख गर्दै युएनएचसीआरले बिहीबार उनीहरूको उद्धारको योजना बनाएको जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending