Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्ने

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । तमोर नदीको पानी उपयोग गरी प्रालिले २८५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । 

जिल्लाको फक्ताङ्लुङ गाउँपालिकामा आयोजनास्थल पर्दछ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकमा आयोजनाको बाँध (मुहान) रहने छ । सोही गाउँपालिका–३ लिङ्खिमको ठौवामा विद्युत गृह रहनेगरी आयोजना निर्माण हुने भएसँगै काम नै प्रारम्भ भइसकेको तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । 

अध्यक्ष ढुङ्गानाका अनुसार आयोजनाका लागि प्रयोग हुने व्यक्तिगत स्वमित्वमा रहेको जग्गा खरिद गरिसकेको छ । जग्गा खरिद गरिसकेपछि आयोजना स्थलमा हालसम्म शिविर (आवास) का संरचना निर्माण गरिएको पनि उनले जानकारी दिए । यस्तै सडक निर्माणको काम भइरहेको ढुङ्गानाको भनाइ छ । 

उनकाअनुसार आयोजनाको तापेथोक बगरमा रहने बाँध स्थलदेखि विद्युत गृह ठौवासम्म ८.३७० किलोमिटर लामो सुरुङ हुनेछ । विद्युत गृह भूमिगत हुने उनले जानकारी दिए । आयोजना निर्माणपछि उत्पादन हुने विद्युत करिव १५ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु सव–स्टेसनमा जडान गरिने छ । नेपाल विद्युत प्राधिकरणको उक्त ढुङ्गेसाँघु स–वस्टेसनमार्फत कोशी कोरिडोर हुँदै राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान हुने प्रवद्र्धक कम्पनीका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । 

तमोर इनर्जी प्रालिका अनुसार आयोजना निर्माण गर्न कुल ५५ अर्ब १५ करोड रुपियाँ लगानी हुने अनुमान गरिएको छ । कुल लागतको करिव ३० प्रतिशत रकम प्रवद्र्धक कम्पनीको आन्तरिक लगानी हुने र ७० प्रतिशत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको हुने कम्पनीले जनाएको छ । आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि नौ अर्ब २७ करोड रुपियाँ प्रतिवर्ष आम्दानी हुनेछ । त्यसपछि क्रमशः तीन प्रतिशतसम्म वृद्धि हुँदै आयोजनाबाट ११ अर्ब ५० करोड रुपियाँ वार्षिक आम्दानी हुने अनुमान गरिएको प्रालिले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: