Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्ने

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । तमोर नदीको पानी उपयोग गरी प्रालिले २८५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । 

जिल्लाको फक्ताङ्लुङ गाउँपालिकामा आयोजनास्थल पर्दछ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकमा आयोजनाको बाँध (मुहान) रहने छ । सोही गाउँपालिका–३ लिङ्खिमको ठौवामा विद्युत गृह रहनेगरी आयोजना निर्माण हुने भएसँगै काम नै प्रारम्भ भइसकेको तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताए । 

अध्यक्ष ढुङ्गानाका अनुसार आयोजनाका लागि प्रयोग हुने व्यक्तिगत स्वमित्वमा रहेको जग्गा खरिद गरिसकेको छ । जग्गा खरिद गरिसकेपछि आयोजना स्थलमा हालसम्म शिविर (आवास) का संरचना निर्माण गरिएको पनि उनले जानकारी दिए । यस्तै सडक निर्माणको काम भइरहेको ढुङ्गानाको भनाइ छ । 

उनकाअनुसार आयोजनाको तापेथोक बगरमा रहने बाँध स्थलदेखि विद्युत गृह ठौवासम्म ८.३७० किलोमिटर लामो सुरुङ हुनेछ । विद्युत गृह भूमिगत हुने उनले जानकारी दिए । आयोजना निर्माणपछि उत्पादन हुने विद्युत करिव १५ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु सव–स्टेसनमा जडान गरिने छ । नेपाल विद्युत प्राधिकरणको उक्त ढुङ्गेसाँघु स–वस्टेसनमार्फत कोशी कोरिडोर हुँदै राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान हुने प्रवद्र्धक कम्पनीका अध्यक्ष ढुङ्गानाले जानकारी दिए । 

तमोर इनर्जी प्रालिका अनुसार आयोजना निर्माण गर्न कुल ५५ अर्ब १५ करोड रुपियाँ लगानी हुने अनुमान गरिएको छ । कुल लागतको करिव ३० प्रतिशत रकम प्रवद्र्धक कम्पनीको आन्तरिक लगानी हुने र ७० प्रतिशत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको हुने कम्पनीले जनाएको छ । आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि नौ अर्ब २७ करोड रुपियाँ प्रतिवर्ष आम्दानी हुनेछ । त्यसपछि क्रमशः तीन प्रतिशतसम्म वृद्धि हुँदै आयोजनाबाट ११ अर्ब ५० करोड रुपियाँ वार्षिक आम्दानी हुने अनुमान गरिएको प्रालिले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending