Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

बालबालिकाले देखाए ट्यालेण्ट, कार्तिक १४ गते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फाईनल

खबरडबली संवाददाता

सुनसरी ।  ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । यहि कार्तिक ६ गते बुधबार इटहरी अवस्थित दुर्गा पार्टी प्यालेसको सभाहलमा यो प्रतियोगिताको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको हो ।

दिनको १२ बजेदेखी सुरुभएको ट्यालेन्ट राउण्डमा ५५ जना फाईनल प्रतिष्पर्धीले आफ्नो प्रतिभा प्रष्फुटन गरेका हुन् । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा भएको बालबालिकाहरुको लुकेका प्रतिभा प्रष्फुटन गर्ने यो प्रतियोगिताको यहि कार्तिक १४ गते फाईनल हुँदैछ ।

ट्यालेण्ट राउण्डको निर्णायकमा मिसेस पुर्बेली आइकन २०२४ कि बिजेता रेनुका श्रेष्ठ, मिस्टर नेपाल २०२४ का मिस्टर ह्याण्डसम टाईटल बिजेता पिन्टु सन्याल, डान्स कोरियोग्राफर उर्मिला तामाङ, यसोदा लम्साल रहेका थिए । सम्पुर्ण प्रतियोगीहरुको ट्यालेन्टलाई मुल्यांकन गरेर फाइनलमा ‘मिस्टर एण्ड मिस ट्यालेन्ट’को टाईटल प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

यसअघि दुई चरणमा अडिसन प्रक्रिया सम्पन्न भएको थियो । पहिलो अडिसनमा ८० जना बालबालिकाले भाग लिएका थिए भने दोश्रो अडिसनमा ५० जना बालबालिकाको सहभागिता थियो । त्यहाँबाट छनौट भएर अहिले ५५ जना फाईनलमा पुगेका हुन् । प्रतियोगिताको कोरियोग्राफि सुभेक्षा कार्कीले गरिरहेकी छन् । उनले विभिन्न सिक्वेन्समा र्याम्प वाल्कको प्रशिक्षण गराईरहेकी छन् ।

प्रतियोगीहरूलाई व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता, योगा लगायतका विभिन्न विषयमा प्रशिक्षण दिइरहेको आयोजकले जनाएको छ । 

यो प्रतियोगिताको फाईनल यहि कार्तिक १४ गते इटहरी अवस्थित लायन्स क्लबको सभाहलमा दिउँसो ४ बजे हुँदैछ । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनालेबाट ३ क्याटोगरीमा बिजेता घोषणा गरिने आयोजकले जानकारी गराएको छ । बिजेतालाई ३०–३० हजार नगदसहित विभिन्न आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ र ट्यालेण्टको आधारमा सबटाईटलहरु पनि प्रदान गरिने आयोजकको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिजुली निर्यात गर्ने प्रदेशमै टुकीको सहारा, सुदूरपश्चिममा उज्यालोको असमानता

धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...

राहदानी काण्डमा अख्तियारको म्यादपछि आरजुको जवाफ : ‘उपचारमा छु, अहिले आउन सक्दिनँ’

काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...

काठमाडौं महानगरको बजेट : कुन क्षेत्रलाई कति बजेट ? (पूर्णपाठ)

काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी  कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् ।  बिहीबारको नगरसभामा...

हेल्मेटबिनाको यात्रा, लाइसेन्सको पनि अत्तोपत्तो छैन !

काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...

अर्थतन्त्रका ‘गेम चेन्जर’ सम्मानित : निजी क्षेत्रको मनोबल बढाउन २९ अवार्ड

काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...

२० वर्ष उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद प्रोत्साहन

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...

सात लाख ऋण, दुई महिना मै चुक्ता : टमाटरले लेखेको बाँकेका वीरेन्द्रकाे सफलता कथा

बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...

मोबाइल पानीमा, टेम्पो भीरमा : कानुन लागू हुँदैछ कि शक्ति प्रदर्शन ?

सिरहाको एउटा पोखरीमा सयौं मोबाइल फोन र स्मार्ट वाचहरू पानीमा डुबाइँदै गर्दा वरिपरि उभिएका मानिसहरूले भिडियो खिचिरहेका थिए। केही दिनपछि कैलालीको गोदावर...

लुम्बिनीबाटै ओलीलाई दबाब : ‘नेतृत्व फेरे मात्र एमाले ब्यूँतिन्छ’

बुटवल । नेकपा एमालेको चुनावी समीक्षा तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको नेतृ...

चिया राजधानी रोइरहँदा सिंहदरबार मौन

चिया उद्योग बन्द हुँदा लाखौंको रोजीरोटी संकटमा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending