Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

झापामा बसको ठक्करबाट साइकलमा सवार हजुरबुवा र नातिनीको मृत्यु

खबरडबली संवाददाता

झापा । झापाको केरखामा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा विद्युतीय साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिकाको केरखा सडक खण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका- ३ निवासी ६० वर्षीय टेक बहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको बुधबार साँझ मृत्यु भएको हो । दुर्घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरूद्ध पारेका छन् भने दुर्घटनामा संलग्न बस तोडफोड गरेका छन् । 

प्र १– ०१ – ००१ ख ४३३१ नम्बरको बसले पश्चिम दिशातर्फ गइरहेको इलेक्ट्रिक साइकललाई ठक्कर दिएको थियो । साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएसँगै स्थानीयले बसमा तोडफोड गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ प्रहरी नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापाकाे लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

झापा ।  अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काक...

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौँ । नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास एवं विस्तार गर्न सरकारको ध्यानाकर्षण गरेको छ...

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति एमसिए-नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत बन्ने दुईवटा सडक आयोजन...

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ । केहीदिन यतादेखि चिसो बढेसँगै हिमाली क्षेत्रका बस्तीहरू सुनसान देखिएका छन् ।  जाडोका कारण स्थानीय आफ्नो बस्ती छोडेर अन्यत्र जान थालेपछि हिम...

जेन–जी आन्दोलनप्रति इमान्दारिता देखाउ: गजुरेल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले जेन–जी आन्दोलनलाई समाजवादी रूपान्तरणको पूर्वाभ्यासका रूपमा व्याख्या गर्दै कम्युनिस्ट आन्दोल...

विभिन्न जिल्लाबाट ४ दर्जन बढी एमाले नेता नेकपा प्रवेश

काठमाडौं । विभिन्न जिल्लाबाट नेकपा (एमाले) परित्याग गरी चार दर्जनभन्दा बढी प्रभावशाली नेता तथा निर्वाचित जनप्रतिनिधिहरू नेपाली कम्युनिष्ट पार्टी (नेकप...

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending