विराटनगर । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकारमा जानेभन्दा सङ्गठन बलियो बनाउने अभियानमा लागेको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आम नागरिकको हितमा काम गर्न सरकारलाई सुझाव दिँदै भने, “दुई ठुला दल मिलेर बनेको वर्तमान सरकारलाई निरङ्कुश बन्न छुट छैन, संसदीय पद्धति र परम्परालाई पालना गरी सुशासनसहित जनतालाई राहत सुविधा दिनेतर्फ सरकारको ध्यान जान आवश्यक छ ।”
उनले भ्रष्टाचारमा संलग्न दोषीलाई कुनै हालतमा छाड्न नहुने धारणा व्यक्त गर्दै गत असारमा आएको अविरल वर्षापछिको बाढी पहिरो र डुबानबाट प्रभावित जनतालाई राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरे ।
एक प्रश्नको जवाफमा वर्तमान सरकारको सय दिनको समीक्षा हामी प्रतिपक्ष राजनीतिक दललेभन्दा आम नागरिकले गर्ने छन् भन्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “विद्यमान अवस्थामा कुनै पनि किसिमका ऐन, कानुन अध्यादेशबाट ल्याउनुभन्दा जनताको सर्वोच्च निकाय संसद्मा छलफल गराई आउनुपर्दछ, संसद्लाई उपेक्षा गरी कानुन ल्याउन खोजिए प्रमुख प्रतिपक्ष दलका हैसियतले माओवादी पार्टी संसद् र सडकबाट विरोधमा उत्रन्छ ।”
उनले हाम्रो ध्यान सरकारभन्दा पनि सङ्गठन विस्तार, सुदृढीकरण, पार्टी एकता एवं एकीकरण अभियानमा लागेको स्पष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८१ - २१:०५
जेरुसेलम । इजरायली विदेश मन्त्री गिडियोन सारले सोमबार आफ्नो देशले छिमेकी सिरियामा ‘रासायनिक हतियार’ आक्रमण गरेको बताएका छन् । सिरियामा विद्रोही सेनाले...
मंसिर २४ गते, २०८१ - २०:५७
काठमाडाैं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका...
मंसिर २४ गते, २०८१ - २०:३३
झापा । झापा विर्तामाेड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी बालिका बलात्कार आराेपमा पक्राउ परेका छन् । घरेलु कामदारको रूपमा राखिएकी बालि...
मंसिर २४ गते, २०८१ - २०:०१
दमास्कस । सिरियाको केन्द्रीय बैंकले निक्षेपहरू सुरक्षित रहेको बताएको छ । 'बैंकले नागरिकहरूलाई निक्षेपलाई छुने छैन भन्ने आश्वासन दिएको छ, एक विज्ञप...
मंसिर २४ गते, २०८१ - १९:५८
झापा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ । प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ ...
मंसिर २४ गते, २०८१ - १९:५३
काठमाडौं । क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठ...
मंसिर २४ गते, २०८१ - १९:०४
याङ्गुन । बेइजिङले आफ्नो दक्षिणी सीमामा लडाइँ अन्त्य गर्न खोजिरहेको बेला म्यानमाको एउटा प्रमुख जातीय विद्रोही समूहले आफ्नो सरकारसँग वार्ताका लागि प्रत...
मंसिर २४ गते, २०८१ - १९:००
ढाका । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबिचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ स...
मंसिर २४ गते, २०८१ - १८:५५
कैलाली । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ । १३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ,...
मंसिर २४ गते, २०८१ - १८:५१
मुम्बई । बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो । फिल्...
प्रतिकृया लेख्नुहोस्: