दाङ । दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले किसानसँग धान खरिद गर्ने भएको छ । जिल्लामा यस वर्ष कम्पनीले आठ हजार क्विन्टल धान खरिद गर्ने भएको हो ।
जिल्लामा गत वर्ष रोकिएको धान खरिद यस वर्ष हुन थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए । उनका अनुसार केन्द्रले धान खरिदका लागि परिपत्र गरेपछि धान खरिद गर्ने तयारीमा जुटेको बताए । शाखा प्रमुख सुनारका अनुसार केन्द्रले जिल्लामा आठ हजार क्विन्टल धान खरिदका लागि परिपत्र गरेको छ ।
असोज २३ गते परिपत्र गरेर जिल्लामा धान खरिदका लागि अनुमति दिएको भन्दै शाखा प्रमुख सुनारले भने,‘धान खरिद गर्नका लागि परिपत्र आएपछि कार्यालय आन्तरिक तयारीमा जुटेको छ। किसानसँग सम्पर्क गरिरहेका छौँ ।’ खाद्यले किसानसँग धान खरिद गरेर चामल बिक्री गर्ने गर्दै आएको छ । सोही अनुसार प्रत्येक वर्ष तराईमा धान खरिद गर्ने र पहाडी क्षेत्रमा बिक्री गर्ने गरेको उनले बताए ।
जिल्लामा अहिले किसान धान काट्न व्यस्त रहेकाले धान खरिदका लागि परिपत्र आइसके पनि सुरु गर्न नसकिएको शाखा प्रमुख सुनारले बताए । उनका किसानले धान काटेर र दाउने काम सकेपछि कार्यालयले धान खरिद गर्न सुरु गर्ने छ । कम्पनीले धान खरिद गर्ने भएपछि सरकारले तोकेको मूल्यमा किसानले धान बिक्री गर्न पाउने भएका छन् । खाद्यले धान खरिद नगर्दा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने किसानलाई बाध्यता थियो । कम्पनीले दिनेभन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: