Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

श्रीमतीमाथि घरेलु हिंसा गर्दै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार

खबरडबली संवाददाता

चितवन । चितवनका एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । भरतपुर महानगर घर भएका ती व्यक्तिले २०७९ माघदेखि पटक पटक बलात्कार गर्दै आएको खुलेको हो ।

आफ्नी श्रीमतीलाई मादक पदार्थ सेवन गरी आएर पटक पटक कुटपिट गदै आएका बाबुले श्रीमतीले शारीरिक सम्पर्क गर्न नमान्दा बालिका छोरीलाई जबरजस्ती लात्कार गरेको प्रहरीमा बयान दिएका छन् ।

१४ वर्षकी छोरीलाई चार पाँच वर्ष अगाडिदेखि नै शारीरिक रुपमा यौनजन्य व्यवहार गर्दै आएपनि २०७९ माघ देखि भने पटक पटक २०८० फागुन १४ गते अन्तिम पटक आफूमाथि बलात्कार गरेको प्रहरीले  ३५ भरतपुर (१२) नाम दिएकी बालिकाले बताएकी छिन् ।

बाबु देख्ने बित्तिकै छोरी डराउने, घरबाट बाहिर निस्किने गर्न थालेपछि आमाले छोरीलाई के भएको सोधपुछ गरेकी थिइन् । बाबुले मारिदिन्छु भन्ने धम्की दिएको कारण कसैलाई भन्न नसकेकी १४ वर्षीया बालिकाले अन्तिम पटक बाबुले बलात्कार गरेको सात महिनापछि यहि असोजमा मात्रै आमालाई भनेकी थिइन् ।

दाजु, भाउजु, बाबुआमासहित संयुक्त परिवारमा बस्दै आएकी बालिकामाथि आफ्नै बाबुले बलात्कार गरेको खुलेपछि दाजुले चितवन प्रहरीमा जाहेरी दिएका थिए । गत असोज ६ गते चितवन प्रहरीले जाहेरी प्राप्त गरेपछि बाबुलाई हिरासतमा लिएको थियो । अनुसन्धान प्रक्रिया सम्पन्न गरि कात्तिक १ गते चितवन अदालतमा मुद्दा दर्ता भएको हो ।

हाडनाता करणी कसुरको अभियोग लागाएर सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ । अभियोग अनुसार हाडनाता करणी गर्ने व्यक्तिलाई जन्मकैदको कसुरको व्यवस्था नेपालको फौजदारी संहिताले गरेको छ । सोही कारबाहीको फैसला माग गर्दै मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालय चितवनले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending