काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।
रास्वपाले नेता–कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबारदेखि नै रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ । शनिबार चिप्लेढुंगास्थित मानवअधिकार चोकमा प्रदर्शन गरेकोमा आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि सहिदचोकमा उनीहरूले विरोध प्रदर्शन गरे ।
जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेको छ । आइतबार रास्वपाका समर्थकले निषेधाज्ञा तोडेर सहिदचोकमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रबाट भीड हटाउन खोज्दा दिनभरजसो प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेला भयो । प्रहरीले भीड नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
पछि रास्वपाका नेता कार्याकर्ता नाराबाजी गर्दै पृथ्वीचोकमा पुगेर कोणसभा गरेका थिए । आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा रविलाई पक्राउ परेको दिनबाट ६ दिनसम्म हिरासतमा राखेर म्याद थप्न प्रहरीले अनुमति पाएको छ । यसअघि नै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दासँग मिलान हुने गरी अदालतले लामिछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ । योसँगै अझै ३ दिन रास्वपाका अधिकांश नेता पोखरामै रहेर आन्दोलन चर्काउने देखिएका छन् ।
रास्वपाको आन्दोलनकै कारण आइतबार दिनभर पर्यटकीय शहर पोखरा तनावग्रस्त बन्यो । रास्वपाले पोखरामा आज सोमबार पनि आन्दोलनको तयारी गरेको छ । आज पोखराको पृथ्वीचोकमा जम्मा भएर प्रदर्शन गर्दै पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा राखिएको प्रहरी कार्यालय रहेको गैह्रापाटनसम्म पुग्ने तयारी रहेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । ‘राजनीतिक प्रतिशोधले यो हदसम्मको थिचोमिचो हुन्छ भने हाम्रो प्रतिरोध जारी रहन्छ । पोखरा, काठमाडौं हुँदै देशभर आन्दोलन गर्ने क्रम चलिरहेको छ,’ बुर्लाकोटीले भने ।
रास्वपाले पोखरा केन्द्रित आन्दोलन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौतीको विश्लेषण गरी शहीद चोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधित क्षेत्र समेत घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले शहीद चोक आसपासमा पूर्वतर्फ वाई चोक, उत्तरपूर्वतर्फ मिलन चोक, पश्चिमतर्फ फिस्टेल गेट ९बैदाम०, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङ चोक र दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइडसम्म निषेधित क्षेत्र तोकेको छ । यसैगरी गैह्रापाटन आसपासमा पालिखेचोकदेखि नविन माविसम्मको सडक क्षेत्रमा पनि धर्ना, जुलुस, प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: