Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

वीपी कोइराला स्मृति कपः भारतको लाइफ केयर र बंगलादेशको साईक्यू विजयी

खबरडबली संवाददाता

भैरहवा । रुपन्देहीको भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट क्लब र बंगलादेशको साईक्यू क्रिकेट एकेडेमी विजयी भएका छन् । आइतबारको खेलमा नेक्सस रुपन्देही–११ नेपाललाई ७ विकेटले पराजित गर्दै लाइफ केयर भारतले लगातार दोस्रो जित निकालेको हो । साईक्यूले भने पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ४२ रनले पराजित गरेको हो । प्रतियोगितामा साईक्यूले विजयी सुरुवात गर्दा पाकिस्तान भने लगातार दुई खेलमा पराजित हुन पुगेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेक्ससले निर्धारित खेलमा ७ विकेट गुमाएर १ सय ३३ रनको मध्यम योगफल बनायो । नेक्ससका लागि आकाश त्रिपाठीले ४८, सुमित महर्जन र वसिर अहम्मदले समान २८–२८ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा भारतको लाइफ केयरका योगेश कुमारले ३ तथा शुभम लाम्रा, हिमांसु र विपुल कम्बोजले समान १–१ विकेट लिए ।

१ सय ३४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको भारतको लाइफ केयरले १६ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा १ सय ३७ रन बनाउँदै सहजै लक्ष्य पूरा गर्यो र जित निकाल्यो । उसको जितमा दीपक पुनियाले अर्धशतकीय पारी खेल्दै ४३ बलमा ३ छक्का र ५ चौकाको मद्दतमा ६० रन जोडे । यस्तै, राजेश शर्माले नटआउट ३७ र विपुल कम्बोजले ३२ रनको योगदान दिए । बलिङमा नेक्सस नेपालका साहब आलमले २ तथा वसिर अहम्मदले १ विकेट लिए । खेलमा भारतको लाइफ केयरका दीपक पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साईक्यूले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ४७ रनको लक्ष्य प्रस्तुत गर्यो । उसका लागि मुल्लरले ४६, मुनिम सानरिअरले २७, शौरभले अविजित २५, रानाले १७ र फैसालले १४ रन बनाए । बलिङमा जावेद गोहारका रिशभ जोशीले ३, इमरान नाजिर र अब्बास अलीले २–२ तथा अहाब अली र सामोहले समान १–१ विकेट लिए ।

पाकिस्तानको जावेद गोहारले जवाफी ब्याटिङ गर्दै १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमै समेटियो । उसका लागि अली हुसेनले ३४, जिम खानले १९, सामोहले १८ र रिशभ जोशीले १० रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले हार व्यहोर्यो । बलिङमा उसलाई सस्तैमा रोक्न बंगलादेशको साईक्यूका सोमराटले ३, राकिव र मुल्लारले २–२ तथा एकस, शाहबाज र शाकिवले समान १–१ विकेट हात पारे । साईक्यूका मुल्लर म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ पाए ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा विजेता टीमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै म्यान अफ द सिरिजलाई ३५ हजार, बेस्ट बलरलाई २० हजार, बेस्ट ब्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए । प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागी भएका थिए  । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्यो ‘आइकोनिक’ तस्बिरको कथा

प्रजातन्त्र : अमर रहोस्! यो जित कसको : जनताको! इन्कलाब : जिन्दाबाद! त्यो दिन म यस्तै नारा लगाइरहेकी थिएँ। हजारौँ मानिसको भिडबाट जुरुक्क उठेर ...

नियमित शुल्क भुक्तानी सुविधा सक्रिय वा निष्क्रिय गर्ने व्यवस्थाककाे समयावधि ३० दिन

काठमाडाैं । नेपााल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध तथ्यांक सुविधासम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। अब तथ्यांक प्याक खरिद ...

नेपापल टेलिकमकाे एसईई अफर

काठमाडाैं । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीहरूका लागि “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्...

कन्सल्टेन्सीको जागिरबाट संसद् हुँदै उपसभामुखको दैलोकाे संघारमा रबी

धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुर केही महिनाअघि सम्म स्थानीय परामर्श संस्थामा मासिक २० हजार रुपैयाँ तलबमा काम गर्थिन्। बिहान कार्यालय, साँझ घर—जीवन ...

युद्धविरामको घोषणा भएयता ९ वटा जहाजले मात्र होर्मुज पार गरे

काठमाडाैँ । इरान र इजरायलबिचको बढ्दो तनावका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुजमा अनिश्चितता कायम नै रहेको छ। इरान सर...

चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु

चितवन। माडी नगरपालिकामा एक युवतीको दुर्घटनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–८ खरकट्टाकी १८ वर्षीया प्रिति परियार रहेकी छन्। भरतपुरबा...

कञ्चनपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु , ६ जना घाइते

कञ्चनपुर । कञ्चनपुरमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  कृष्णपुर नगरपालिका-१ पहरियामा डडेल्धुरातर्फ गइरहेको से १ ज २९० नम्बरको जीप भित्री ग...

सेतो हात्ती’ कि राष्ट्रिय सम्पत्ति ? रुग्ण उद्योगबारे सरकारको नयाँ बाटो

काठमाडाैं । वर्षौँदेखि बन्द वा कमजोर अवस्थामा रहेका सरकारी उद्योगलाई पुनः चलाउने तयारीमा सरकार जुटेको छ। चुनावी भाषणमा गरिएको प्रतिबद्धता अहिले नीतिगत...

सरकारी निर्णयविरुद्ध झापामा सञ्चारकर्मीको आवाज: ज्ञापनपत्रमार्फत दबाब

झापा । नेपाल पत्रकाार महासंघ झापा शाखाले सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दो...

किन ढिलाइ हुँदैछ कांग्रेसमा संसदीय दलको नेता चयन ?

प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु साधारण प्रशासनिक ढिलाइ होइन  । यो पार्टीभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending