ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरना आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।
निकै मनमोहक, आकर्षक र सुन्दर ढङढङ्गे झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुन थालेको पाइएको छ । फुर्सद र चाडपर्वको समयमा आन्तरिक पर्यटकका लागि ढङढङ्गे झरना उपयुक्त तथा आकर्षक गन्तव्य बन्दै गएको छ । हाल ढङढङ्गे झरनामा रमाउन समूहगत रूपमै आन्तरिक पर्यटकको उपस्थिति बढ्न थालेको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूले बताए ।
वडाध्यक्ष लिम्बूका अनुसार विगतमा भन्दा यसवर्ष चाडपर्वको समयमा ढङढङ्गे झरनाको भ्रमण गर्ने आन्तरिक पर्यटकको उपस्थिति बाक्लिएको छ । चाडपर्व, बिदा र फुर्सद समयको सदुपयोग गर्दै झरनाको भ्रमण गर्ने पर्यटकको उपस्थिति बढेको वडाध्यक्ष लिम्बूले बताए । उनकाअनुसार ढङढङ्गे झरनाको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । वरिपरि हरियाली जङ्गलसँगै भीर र पहराको बिचबाट झर्ने झरना निकै सुन्दर रहेको उनको भनाइ छ ।
स्थानीय रेनु लिम्बूका अनुसार सुरुसुरुमा न्यून सङ्ख्यामा पर्यटकले ढङढङ्गे झरनाको भ्रमण गर्ने गरेका थिए । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा ढङढङ्गे झरनाको तस्बिर र भिडियोहरू लगाउने (पोस्ट गर्ने) क्रमले त्यस्ता पोस्टहरू भाइरल हुन थालेपछि आन्तरिक पर्यटकहरू थप आकर्षित हुँदै गएका लिम्बूको भनाइ छ । उनकाअनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूबाट झरनाको प्रचार हुन थालेपछि आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको हो ।
यता सिदिङ्वा गाउँपालिकाले पनि ढङढङ्गे झरनासहित सो क्षेत्रमा रहेको तिम्बुङपोखरी, सिदिङ्मा धाम, चमेरे गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल सुरु गरेको जनाएको छ । उक्त पर्यटकीय गन्तव्यहरूमा आवश्यक प्रचारप्रसारका काम, सडक लगायतका पूर्वाधारहरू निर्माण गर्न थालेको गाउँपालिकाले जनाएको छ । आन्तरिक मात्र नभई बाह्य पर्यटक समेतलाई भित्र्याउने गरी तिम्बुङ पोखरी, ढङढङ्गे झरना लगायतलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी पहल भइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (वन्दना) ले जानकारी दिइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: