Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो । 

रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिए । उनका अनुसार अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ । 

रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइँदै आएको छ । फुङलिङ नगरपालिकाको फावाखोला, फुरुम्बू, काफ्लेपाटी, माथिल्लो फेदी, हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजङ्गा उँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्धाकरण साथै रेविजभ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । 

उनका अनुसार, यस कार्यममा करिब तीन सय ६८ कुकुर र बिरालोलाई रेविजविरुद्ध खोप दिइएको छ । यसका अतिरिक्त, जनावरको स्वास्थ्यका लागि भिटामिन, लुतोको औषधि, र जुम्राको औषधि पनि वितरण गरिएको छ । कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप लगाएपछि, रेडपाण्डासँग प्रत्यक्ष सम्पर्कमा आउँदा सम्भावित सङ्क्रमणबाट जोगाउन सकिने भएकाले विगत लामो समयदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आएको मञ्चले जनाएको छ । 

मञ्चका सदस्य भिङमारे लिम्बूकाअनुसार यही कात्तिक अन्तिम सातादेखि मङसिर पहिलो सातासम्ममा फुरुम्बु क्षेत्रका बस्तीमा रहेका कुकुरका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्ने योजना पनि बनाएको छ । कुकुरको सङ्ख्या व्यवस्थापन स्वस्थ राख्न कार्यक्रम गर्न लागेको उनले बताए । बन्ध्याकरण कार्यक्रममार्फत कुकुरको सङ्ख्यालाई सन्तुलनमा राख्न सम्भव हुनेछ, जसले वातावरणमा थप सुरक्षा प्रदान गर्न मद्दत पुर्‍याउने मञ्चले जनाएको छ । 

मञ्चकाअनुसार ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा वासस्थान र चरीचर क्षेत्र पर्दछ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ –९, १० र ११ वडा अर्थ पाथीभरा क्षेत्र रेडपाण्डाको बासस्थान पर्दछ । यस क्षेत्रमा समय समयमा पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीले रेडपाण्डा देख्ने गरेका छन् । केहीवर्ष अघि पाथीभरा क्षेत्रमा रेडपाण्डा मरेको अवस्थामा फेला परेको थियो । अनुसन्धानका आधारमा प्रारम्भिक निष्कर्षमा रेडपाण्डाको मृत्युपछि सम्भवतःकुनै हिंस्रक जनावर, जस्तै कुकुरको आक्रमणले गर्दा मरेको निष्कर्ष भयो । यसले हिमाली संरक्षण मञ्चलाई झनै सचेत बनाएको कार्यक्रम संयोजक राईले बताए । रेडपाण्डाको प्रत्यक्ष सम्पर्कमा पुग्न सक्ने कुकुर र बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन दिने अभियानलाई निरन्तरता दिन थालिएको मञ्चले जनाएको छ । 

रेडपाण्डाको आवासीय क्षेत्रमा कुकुर र बिरालोका कारण सुरक्षा चुनौती सिर्जना भएकाले यो समस्या समाधान गर्न मञ्चले स्थानीय समुदायको सहयोगमा काम गरिरहेको छ । समुदायमा जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै, स्थानीयलाई रेडपाण्डा संरक्षणको महत्व र यसका चुनौतीबारे अवगत गराउँदै आएको राईले बताए । मञ्चका अनुसार प्रत्येक शिविरमा स्थानीयलाई संलग्न गराएर जनचेतना काकार्यक्रम सञ्चाल नगर्ने गरेको छ । 

जनावरसँग सम्बन्धित स्वास्थ्य कार्यक्रम, जनावरको जिम्मेवारीपूर्ण पालनपोषण र रेडपाण्डा जस्ता संरक्षणमा संवेदनशील वन्यजन्तुको सुरक्षाका लागि चेतनामूलक कार्यक्रमले रेडपाण्डा पाइने क्षेत्रका बासिन्दालाई आवश्यक जनचेतनाको विकास भएको छ । रेडपाण्डा संरक्षणमा स्थानीयको सहयोगबिना दीर्घकालीन सफलता सम्भव नहुने हिमाली संरक्षण मञ्चको विश्वास छ । रेडपाण्डा संरक्षणमा भइरहेको अभियानले रेडपाण्डाको सङ्ख्या वृद्धि गर्न र वातावरणमा स्थिरता कायम गर्न महत्वपूर्ण योगदान दिने हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बा लिम्बूले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending