ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकै दिन करिब छ हजार जना भक्तजन पुगेका छन् । शनिबार एकै दिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार पाँच हजार ९८३ जनाले पाथीभराको दर्शन गरेका छन् । उक्त सङ्ख्या यो मौसमकै सबैभन्दा बढी भक्तजन भएको पनि समितिले जनाएको छ । समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीकाअनुसार गएको असोज महिनाभरीमा पाँच हजार ९४९ जना मात्र दर्शनार्थीले पाथीभराको दर्शन गरेका थिए ।
दसैँ तिहारको अवधिलाई पाथीभरा दर्शन गर्ने मुख्य मौसम मानिन्छ । यस वर्ष मुख्य मौसम सुरु हुनासाथ असोज दोस्रो साताको अविरल वर्षाका कारण बाढीपहिराले मेची राजमार्ग तथा तमोर कोरिडोर अवरुद्ध बनाएपछि तीर्थयात्रीले आउन पाएका थिएनन् । मुख्य मौसममा पनि नवरात्रिको समयमा भक्तजन अत्यधिक भीड लाग्ने गर्दछ । यस वर्ष भने नवरात्रिको समयमा पनि पाथीभरा सुनसानजस्तै बनेको थियो ।
दसैँको अन्तिमतिर अवरुद्ध सडक सुचारु भएपछि मात्र जिल्ला बाहिरका तीर्थयात्रीहरू पाथीभरा दर्शनमा आउन थालेका थिए । पछिल्लो चार–पाँच दिन यतादेखि पाथीभरामा तीर्थयात्री आउन थालेसँगै शनिबार हालसम्मकै धेरै सङ्ख्यामा भक्तजन आएका पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार पाथीभरामा तीर्थयात्री आउने क्रम बढ्दै गएको छ ।
तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरामा तिहार अर्थात् कात्तिकपछि भने चिसोका कारण तीर्थयात्रीको आउजाउ घट्ने गर्दछ । हालको मौसम अनुकूल भइदिने हुनाले यही मौसममा पाथीभरामा अत्यधिक तीर्थयात्रीको आउजाउ हुनेगर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: