काठमाडौं । जापानबाट एउटा अनौठो खबर आएको छ । उत्तरी प्रान्त होक्काइडोकी ३६ वर्षीया रयुता वतानाबेले विगत १० वर्षदेखि कुनै जागिर छैन । तर, उनको आकांक्षा भने फरक छ । उनी बिहे र घरको व्यवस्थापन मात्र गर्न चाहन्छन् । यति मात्र होइन, उनी ५० भन्दा बढी बच्चाको पिता बन्न चाहन्छन् ।
वतानावेका हाल चार श्रीमती र दुई प्रेमिका छन् । यी श्रीमती र प्रेमिकाको आम्दानीबाट सम्पूर्ण घरपरिवार चल्छ । सबै भन्दा ठूलो कुरा त उनको लक्ष्य ५४ सन्तानको पिता बन्ने हो । यसरी आफुले वैवाहिक भगवानको उपाधि प्राप्त गर्न सक्ने उनको विश्वास छ । मिडिया रिपोर्टका अनुसार वतानाबे विगत १० वर्षदेखि काम गरिरहेका छैनन् र उनी आफ्नी श्रीमती र प्रेमिकाको कमाईमा निर्भर छन् । उनीसँग अहिले १० बच्चाहरू छन् । उनी आफ्ना दुई छोराछोरी र तीन श्रीमतीसँग बस्छन् । उनीहरूले घरधनीको जिम्मेवारी लिएका छन्, जसमा घरको काम, खाना पकाउने र बच्चाहरूको हेरचाह गर्ने समावेश छ ।
उनको घरायसी खर्च हरेक महिना करिब ६ हजार डलर रहेको छ, जसलाई उनका श्रीमती र प्रेमिकाले संयुक्त रुपमा दिने गर्दछन् । वतानाबेको चौथो श्रीमती पनि छन्, जो उनीभन्दा केहि वर्ष जेठी छिन्, तर उनी उनीबाट अलग भइसकेका छन् । यसबाहेक उनले सामाजिक सञ्जालमार्फत आफ्ना दुई प्रेमिकालाई भेटेका थिए । एक टेलिभिजन कार्यक्रममा उनले भनेका थिए- 'म महिलालाई मात्र माया गर्छु, जबसम्म हामी सबै एक अर्कालाई समान रूपमा माया गर्छौं, त्यहाँ कुनै समस्या हुदैन ।'
वतानाबेको लक्ष्य जापानमा सबैभन्दा बढी बच्चा जन्माउने कीर्तिमान तोड्ने हो । टोकुगावा इनारी नामक शोगुनले आफ्नो शासनकालमा २७ रानीबाट ५३ सन्तान जन्माए । वातानाबे भन्छन्- ‘म ५४ सन्तानलाई जन्म दिन चाहन्छु ताकि मेरो नाम इतिहासमा लेखियोस् । म अझै नयाँ श्रीमती खोज्दै छु ।'
जापानमा बहुविवाह गैरकानूनी भएकाले वतानाबेले एकै पटक धेरै महिलासँग विवाह गर्न भने पाउँदैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: