Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

भक्तपुरमा ढकमक्क मखमली र सयपत्री

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुरका गाउँगाउँमा ढकमक्क फूल फुलेका छन् । व्यावसायिक रूपमा गरिएको सयपत्री र मखमली फूल फुलेर ढकमक्क हुँदा गाउँ यहाँका फाँटहरू राताम्मे देखिएका छन् भने यसले नजिकिँदो तिहारको झल्को दिइरहेको छ । 

व्यावसायिक फूलखेती गरिएको भक्तपुरका बस्तीमात्रै हैन, अधिकांश गाउँघर एवं टोलटोलका आँगनमा समेत मखमली र सयपत्री फूल लहरै झुलेका छन् । तिहार नजिकिँदै गरेपछि व्यावसायिक फूलखेती गर्नेलाई भने यतिखेर फूल टिपेर माला उन्न र व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । काठमाडौँ उपत्यकामै सबैभन्दा बढी व्यावसायिक फूलखेती गर्ने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरघर, टोलटोल यतिखेर राताम्मे बनेका छन् भने फूल टिप्न र माला गाँसेर बजार पुर्याउनसमेत भ्याइनभ्याइ हुन थालेको छ । 

मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानमात्रै होइन फूलखेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बस्ती सरेर आउनेहरू पनि उत्तिकै रहेका सूर्यविनायक नगरपालिका नगरपालिका–७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटा बताउँछन् । नगरपालिकाले केही वर्षयता स्थानीयलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको उनले जानकारी दिए । 

“यस वर्ष मात्रै सयपत्रीका ५५ हजार बिरुवा वितरण गरेका थियौँ । राम्रो आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली तथा डिलमा फूल लगाउने प्रचलन बढ्दैछ । हाल जताततै फूलले ढकमक्क बनेको देखिन्छ । एकैपटक दोहोरो आम्दानी हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो”, नगरपालिकाका प्रवक्ता सापकोटाले भने । स्थानीय कृषक मीना नगरकोटी जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्म टिप्न सकिने र फूल सप्रेमा एक सिजनमा एक रोपनी जग्गाको उत्पादनबाट रु एक लाखसम्म आम्दानी गर्न सकिने बताउँछिन् । स्थानीय फूल उत्पादक कृषक एवं पुष्प व्यवसायी अनिता बस्नेतले यतिखेर किसानलाई फूल टिप्न भ्याइनभ्याइ भएको बताइन् । 

“एक रोपनी जग्गामा मखमलीका पाँच हजार माला उन्न सकिने र एउटा मालाको यसवर्ष रु २५ मा बिक्री हुँदा पनि एक लाखको कारोबार हुने छ”, उनले भनिन्, “मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेपछि किसानलाई सजिलो भएको छ ।” सयपत्री फूल एक मुठाको रु १० देखि १५ मा बिक्री हुने गरेको छ भने तिहारमा चारपाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको रु छ सयमा बिक्री हुँदै आएको व्यवसायीले बताएका छन् । भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा अहिले व्यावसायिक फूलखेती भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE