Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

ब्रिक्स सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदीले रूसको भ्रमण गर्ने

खबरडबली संवाददाता

भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मस्को प्रस्थान गर्ने भएको नयाँदिल्लीले शुक्रबार जानकारी गराएको छ । 

ब्रिक्स पाँच प्रमुख उदीयमान अर्थव्यवस्थाहरूः ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई जोड्नेगरि तयार पारिएको संक्षिप्त रूप हो । वासिङ्टन र अन्य पश्चिमी सहयोगीहरूसँग नजिकको सुरक्षा साझेदारीको बावजुद भारतको मस्कोसँग लामो समयदेखि सुमधुर रहँदै आएको छ । 

मस्को र पश्चिमा मुलुकहरूसँगको सन्तुलित सम्बन्धका कारण भारतले युक्रेनमा रूसी युद्धको विरोध गरेको छैन । यसको सट्टा जारी द्वन्द्वको शान्तिपूर्ण समाधानको मध्यस्थता गर्न मध्यस्थकर्ताको रूपमा भारतले आफूलाई प्रस्ताव गरेको छ । भारतीय विदेश मन्त्रालयले भोल्गा नदीको किनारमा रहेको कजान शहरमा हुने शिखर सम्मेलनमा भाग लिन मोदी अक्टोबर २२ र २३ मा रुस जाने जनाएको छ ।

गत जुलाईमा मस्कोको भ्रमण गरेका प्रधानमन्त्री मोदीको यो उकै बर्षमा हुन लागेको दोस्रो रूस भ्रमण हो । रूस भारतका लागि तेल र हतियारको महत्वपूर्ण आपूर्तिकर्ता हो तर मस्को पश्चिमबाट अलग्गिनु र बेइजिङसँगको बढ्दो सम्बन्धका कारण नयाँदिल्लीसँगको रूसको साझेदारी प्रश्नचिन्ह खडाभएको छ ।

युक्रेन युद्धले भारतलाई परम्परागत रूपमा यसको सबैभन्दा ठूलो आपूर्तिकर्ता रूसको सट्टा हतियारका लागि अन्य स्रोतहरू खोज्न बाध्य पारेको छ । युरोपमा परम्परागत खरीदकर्ताहरूले छोडेको आवश्यक निर्यात बजारका लागि भारत रूसी कच्चा तेलको एक विश्वसनीय प्रमुख क्रेता बनेको छ । यसले नाटकीय रूपमा उनीहरूको आर्थिक सम्बन्धलाई पुनः संरचना गरेको छ, भारतले मस्कोको युद्ध कोषलाई बलियो बनाउन अर्बौँ डलर योगदान गरेको छ । 

सन् २००९ मा ब्राजिल,रूस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच सदस्य राष्ट्रको प्रारम्भिक अक्षरबाट स्थापित यस सङ्गठनमा इरानलगायत मध्यपूर्वका देशहरूलाई पनि समेटिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सहयोगी युरी उशाकोभले यसै महिना सम्मेलनमा २४ देशका नेता सहभागी हुने बताएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: