काठमाडौं । गणतन्त्र कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा कोरियाबाट आएको कुक्किवन तेक्वान्दो डेमोस्ट्रेसन टोलीद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रस्तुति दिएको छ ।
टोलीले गणतन्त्र कोरियाली संस्कृति र तेक्वान्दोलाई प्रवर्द्धन गर्दै नागरिक कूटनीतिज्ञको भूमिकामा विश्वभरका एकसय ५० भन्दा बढी देशको भ्रमण गरिसकेको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ । नेपाल आएका कुक्किवन तेक्वान्दो प्रदर्शन टोलीले सन् १९७४ देखि नै कोरियाको राष्ट्रिय मार्सल आर्ट तथा उन्नत प्रविधि र सीपलाई तेक्वान्दोको कलात्मक प्रदर्शनमार्फत आफ्नो प्रस्तुति दिँदै आएको छ ।
यसअघि काठमाडौँमा रहेका कोरियाली भोजनालय सञ्चालन एशोसिएशनका तर्फबाट केरियाली खानाका कक्षहरू तथा कोरियाली परम्परागत खेलको प्रस्तुति पनि गरिएको थियो । सो अवसरमा नेपालमा सन् २०२४ का के–पप विजेता टोलीले आफ्नो के–पप नृत्य प्रस्तुत गरेको थियो ।
समारोहमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले दुई देशबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा दूतावासले सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले पारस्परिक सहयोगका आधारमा विभिन्न कार्यक्रम गरेर दुई देशबिचको घनिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाल र कोरियाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको स्मरण गरे ।
कार्यक्रममा काठमाडौँस्थित कोरियाली समुदाय, उच्चस्तरीय सरकारी अधिकारी, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा ‘कोरियन एम्बेस्डर तेक्वान्दो च्याम्पियनसीप’ आयोजना हुनेछ । शुक्रबार हुने उद्घाटन समारोहमा दक्षिण कोरियास्थित विश्व तेक्वान्दो मुख्यालयको डेमोस्ट्रेसन टोलीले विशेष कौशल प्रदर्शन गर्ने दूतावासले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: