बनेपा । दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था/फर्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फर्म सञ्चालकले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन् ।
डिडिसीले आफूहरुलाई कुनै जानकारी नै नदिई पाँच महिनासम्मको दुधको भुक्तानी नदिई दुध नलिने निर्णय गरेका कारण आफूहरु बाध्य भएर तालाबन्दी गर्नु परेको निजी डेरी फर्म सञ्चालकले जनाएका छन् । माता मनकामना दुग्ध डेरी तथा ढकाल गणेश भैँसी फार्मका सञ्चालक कुमार तिमल्सिनाले आफूले पाँच महिनाको दुधको भुक्तानी नदिई विना जानकारी कात्तिक १ गतेबाट दुध नलिने निर्णयको सर्कुलर जारी गरेका कारण आफूले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।
उनले डिडिसीले भुक्तानी गर्नुपर्ने रकम अविलम्ब दिनुपर्ने र हाल निजी फर्मबाट सङ्कलन भएर आएको दुध लिनुपर्ने आफूहरुको माग रहेको बताए । उनले आफूहरुको माग पुरा नभएसम्म डिडिसी बनेपा सङ्कलन केन्द्रमा लागेको ताला नखोल्ने बताए । उनले डिडिसीले जिल्लामा रहेका किसानको लागि करोडौँ रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बताए ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सूर्यप्रसाद पौडेलको अध्यक्षतामा असोज १५ गते बसेको उच्च व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको नियमानुसार दर्ता भएर सञ्चालनमा रहेका सरकारी संस्था तथा सरकारी फर्मबाट सङ्कलन भएको कच्चा दुध सङ्कलन गर्ने निर्णय गरेको थियो ।
बैठकले नेपाल सरकारको नियमानुसार दर्ता भएर प्राथमिक उत्पादक रहेका पशु फार्मबाट दुध सङ्कलन गर्नुपरेको अवस्थामा आयोजनाले फर्मको निवेदन लिई निजको दर्ता प्रमाणपत्र राखि फर्मको साइज, उत्पादन परिमाण तथा संस्थानलाई उपलब्ध गराउने दुधको परिमाण यकिन गरेर केन्द्रीय कार्यलयबाट स्वीकृति लिएर मात्र दुध संकलन गर्ने निर्णय गरेको थियो ।
दुग्ध विकास संस्थान बनेपा सङ्कलन केन्द्रका प्रमुख किशोर सिंहले संस्थानले निजी फर्म तथा सङ्कलकले सङ्कलन गरेको दुध नलिने निर्णय गरेपछि निजी सङ्कलन आन्दोलित बनी सङ्कलन केन्द्रमा तालाबन्दी गरेको बताए । उनले तालबन्दीमा उत्रिएका निजी फर्म तथा दूध सङ्कलनको मागको विषयमा छलफल गर्नका लागि शुक्रबार ११ बजेको लागि केन्द्रीय कार्यालयमा समय मिलाइएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: