काठमाडौं । लोक सेवा आयोगले यही कात्तिकको अन्तिम बुधबार शाखा अधिकृतका लागि दरखास्त आह्वान गर्दैछ । आयोगले असोजको अन्तिम साता एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी छ सय ६० जनाको दरखास्त खुला गरेको छ ।
आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले अब तत्कालै शाखा अधिकृत (प्राविधिक) पदका लागि दरखास्त खुल्ने जानकारी दिइन । प्रवक्ता होमेगाईले भनिन्, “तत्कालै खुल्ने कार्यतालिका छ । यो महिनाबाट विज्ञापन सुरु भयो, अहिले सहसचिव र उपसचिवस्तरको विज्ञापन गरेका छौं । उपसचिव ५१० र सहसचिव १५० पद गरी ६५० रिक्त पदका लागि हामीले विज्ञापन गरेका छौं ।”
उनले आयोगको वार्षिक कार्यतालिका अनुसार चैत महिनासम्म विज्ञापन खुल्दै जाने बताइन । उनले भनिन्, “कात्तिकको अन्तिम बुधबार हामी शाखा अधिकृत (प्राविधिक), मंसिर महिनाको अन्तिम बुधबार शाखा अधिकृत र सो सरहको प्राविधिक पदहरुको विज्ञापन गर्छौं । यसैगरी, प्रत्येक महिना हुँदै जाँदा चैतसम्म विज्ञापन गर्छौं ।”
उनले सङ्घीय आयोगबाट सङ्घीयस्तरको कार्यालयहरुमा पदपूर्ति हुने बताइन । उनले भनिन्, “सङ्घमा सङ्घीय लोक सेवा आयोग हाम्रो छ । सात प्रदेशमा सातवटा लोक सेवा आयोगहरु छन् । हामीले सङ्घीयस्तरको कार्यालयहरुमा पदपूर्ति गर्छौं । सम्बन्धित प्रदेशको जिल्लाभरीको रिक्त दरबन्दी सोही प्रदेशले पदपूर्ति गर्ने व्यवस्था छ ।” उनका अनुसार पद दरखास्त खुल्ने पूर्वतालिका रहे पनि कतिको सङ्ख्यामा खुल्ने भन्ने जानकारी विज्ञापन प्राप्त भएपछि मात्र थाहा हुनेछ ।
उनले भनिन्, “हाम्रो कुन तह, कुन श्रेणी, कुन पदको विज्ञापन कुन महिनामा माग सङ्कलन गर्ने ? कुन महिनामा प्रतिशत निर्धारण गर्ने अनि कहिले विज्ञापन प्रकाशन गर्ने ? कहिले लिखित परीक्षा सञ्चालन गर्ने ? कहिले अन्तर्वार्ता लिने ? कहिले सिफारिस गर्नेसम्मका कुराहरु हाम्रो वार्षिक क्यालेण्डरमा समेटिएको हुन्छ । सम्बन्धित कार्यालयले माग गरेपछि कति चाहिने भन्ने कुरो यकिन हुन्छ । कति जनाको पद विज्ञापन गर्ने भन्ने कुरा हामीसित हिसाब हुँदैन ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...
पौष ६ गते, २०८२ - १८:०८
भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...
पौष ६ गते, २०८२ - १८:०५
काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...
पौष ६ गते, २०८२ - १७:५५
हाइनान । चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार प्रविधि परीक्षण उपग्रह सफलतापूर्वक अन्तरिक्ष...
पौष ६ गते, २०८२ - १७:५३
जोहान्सबर्ग । दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले एक बारमा गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १...
पौष ६ गते, २०८२ - १७:५१
अमेरिका । दोस्रो विश्वयुद्धका नौसेनाका दिग्गज इरा ‘इके’ स्काब, सन् १९४१ मा पर्ल हार्बरमा भएको जापानी आक्रमणबाट बाँच्न सफल अन्तिम व्यक्तिहरूमध्ये एक, क...
पौष ६ गते, २०८२ - १७:४९
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शनिबार भेनेजुएलाको तट नजिकबाट एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ । भेनेजुएलाले यस कदमलाई वासिङ्टनको दबाब अभियानक...
पौष ६ गते, २०८२ - १७:४७
फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्...
पौष ६ गते, २०८२ - १७:४५
कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई ...
पौष ६ गते, २०८२ - १७:४२
रियाद । साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा पहुँच विस्तार गरेको छ । यस निर्णयसँगै अब धनी गैर–मुस्लिम विदेशी बासिन्दाहरूले पनि...




प्रतिकृया लेख्नुहोस्: