Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

कात्तिकको अन्तिम बुधबार लोक सेवाले शाखा अधिकृतको दरखास्त आह्वान गर्दै

खबरडबली संवाददाता

काठमाडौं । लोक सेवा आयोगले यही कात्तिकको अन्तिम बुधबार शाखा अधिकृतका लागि दरखास्त आह्वान गर्दैछ । आयोगले असोजको अन्तिम साता एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी छ सय ६० जनाको दरखास्त खुला गरेको छ । 

आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले अब तत्कालै शाखा अधिकृत (प्राविधिक) पदका लागि दरखास्त खुल्ने जानकारी दिइन । प्रवक्ता होमेगाईले भनिन्, “तत्कालै खुल्ने कार्यतालिका छ । यो महिनाबाट विज्ञापन सुरु भयो, अहिले सहसचिव र उपसचिवस्तरको विज्ञापन गरेका छौं । उपसचिव ५१० र सहसचिव १५० पद गरी ६५० रिक्त पदका लागि हामीले विज्ञापन गरेका छौं ।”

उनले आयोगको वार्षिक कार्यतालिका अनुसार चैत महिनासम्म विज्ञापन खुल्दै जाने बताइन । उनले भनिन्, “कात्तिकको अन्तिम बुधबार हामी शाखा अधिकृत (प्राविधिक), मंसिर महिनाको अन्तिम बुधबार शाखा अधिकृत र सो सरहको प्राविधिक पदहरुको विज्ञापन गर्छौं । यसैगरी, प्रत्येक महिना हुँदै जाँदा चैतसम्म विज्ञापन गर्छौं ।”

उनले सङ्घीय आयोगबाट सङ्घीयस्तरको कार्यालयहरुमा पदपूर्ति हुने बताइन । उनले भनिन्, “सङ्घमा सङ्घीय लोक सेवा आयोग हाम्रो छ । सात प्रदेशमा सातवटा लोक सेवा आयोगहरु छन् । हामीले सङ्घीयस्तरको कार्यालयहरुमा पदपूर्ति गर्छौं । सम्बन्धित प्रदेशको जिल्लाभरीको रिक्त दरबन्दी सोही प्रदेशले पदपूर्ति गर्ने व्यवस्था छ ।” उनका अनुसार पद दरखास्त खुल्ने पूर्वतालिका रहे पनि कतिको सङ्ख्यामा खुल्ने भन्ने जानकारी विज्ञापन प्राप्त भएपछि मात्र थाहा हुनेछ । 

उनले भनिन्, “हाम्रो कुन तह, कुन श्रेणी, कुन पदको विज्ञापन कुन महिनामा माग सङ्कलन गर्ने ? कुन महिनामा प्रतिशत निर्धारण गर्ने अनि कहिले विज्ञापन प्रकाशन गर्ने ? कहिले लिखित परीक्षा सञ्चालन गर्ने ? कहिले अन्तर्वार्ता लिने ? कहिले सिफारिस गर्नेसम्मका कुराहरु हाम्रो वार्षिक क्यालेण्डरमा समेटिएको हुन्छ । सम्बन्धित कार्यालयले माग गरेपछि कति चाहिने भन्ने कुरो यकिन हुन्छ । कति जनाको पद विज्ञापन गर्ने भन्ने कुरा हामीसित हिसाब हुँदैन ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: