Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

ताप्लेजुङमा दसैँमा २६ लाखको चामल बिक्री

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको अवधिमा छब्बिस लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ ।

कम्पनीले चाडपर्व लक्षित छुट अर्थात् सुपथ मूल्यमा चामल बिक्री गर्न थालेपछि दसैँको अवधिमा मात्र २६ लाख २५ हजार ३७५ रुपियाँको चामल बिक्री गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले गत असोज ३ गतेदेखि जिल्लामा सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको थियो ।

कम्पनीको सदरमुकाम फुङ्लिङस्थित कार्यालयसँगै रहेका गोदाम (भण्डारण कक्ष) बाट चामल बिक्री गरिरहेको छ । दसैँको अवधि अर्थात् बुधबार पूर्णिमा सम्ममा २६ लाख २५ हजार ३७५ रुपियाँ बराबरको चामल बिक्री गरेको शाखाले जनाएको छ । शाखा कार्यालयकी कर्मचारी मनिता लिम्बूका अनुसार दसैँको अवधिमा २४३.७५ क्विन्टल अर्थात् २४ हजार ३७५ किलोग्राम जिरा मसिना चामल बिक्री भएको छ । यस्तै ७६ क्विन्टल अर्थात् सात हजार ६०० किलोग्राम सोना मन्सुली चामल बिक्री गरेको लिम्बूले जानकारी दिए । साबिक मूल्यभन्दा पाँच रुपियाँ छुट गरेर जिरामसिना प्रतिकिलोग्राम ८९ रुपियाँ र सोनामन्सुली प्रतिकिलोग्राम ६५ रुपियाँमा बिक्री गरिएको छ । 

यता उपभोक्ताको मागअनुसार चामल उपलब्ध गराउन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ । अविरल वर्षापछि आएको बाढीपहिरोले मेची राजमार्ग अवरुद्ध बनेका कारण चामल ढुवानी गर्न नसक्दा उपभोक्तालाई मागेजति चामल दिन नसकेको शाखा कर्मचारी लिम्बूले जानकारी दिए । उनका अनुसार सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको करिब एक हप्तापछि सोना मन्सुली चामल सकिएको थियो । 

चामल आयात गर्ने तयारी भइरहेको बेलामा मेची राजमार्ग अवरुद्ध बनेकाले ढुवानी गर्न सम्भव नभएको र उपभोक्ताको मागअनुसार चामल दिन नसकेको शाखाले जनाएको छ । त्यसपछि मौज्दात रहेको जिरामसिना चामल मात्र प्रतिव्यक्ति एक बोराका दरले बिक्री गरिएको लिम्बूले जानकारी दिए । हाल कम्पनीको गोदाममा सोना मन्सुली चामल नभएको र जिरामसिना पनि ५२ क्विन्टल मात्र मौज्दात रहेको छ । अब भने मेची राजमार्ग सञ्चालनमा आएकाले चाँडै चामल आयात हुने शाखाले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending