Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

ताप्लेजुङमा दसैँमा २६ लाखको चामल बिक्री

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको अवधिमा छब्बिस लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ ।

कम्पनीले चाडपर्व लक्षित छुट अर्थात् सुपथ मूल्यमा चामल बिक्री गर्न थालेपछि दसैँको अवधिमा मात्र २६ लाख २५ हजार ३७५ रुपियाँको चामल बिक्री गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले गत असोज ३ गतेदेखि जिल्लामा सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको थियो ।

कम्पनीको सदरमुकाम फुङ्लिङस्थित कार्यालयसँगै रहेका गोदाम (भण्डारण कक्ष) बाट चामल बिक्री गरिरहेको छ । दसैँको अवधि अर्थात् बुधबार पूर्णिमा सम्ममा २६ लाख २५ हजार ३७५ रुपियाँ बराबरको चामल बिक्री गरेको शाखाले जनाएको छ । शाखा कार्यालयकी कर्मचारी मनिता लिम्बूका अनुसार दसैँको अवधिमा २४३.७५ क्विन्टल अर्थात् २४ हजार ३७५ किलोग्राम जिरा मसिना चामल बिक्री भएको छ । यस्तै ७६ क्विन्टल अर्थात् सात हजार ६०० किलोग्राम सोना मन्सुली चामल बिक्री गरेको लिम्बूले जानकारी दिए । साबिक मूल्यभन्दा पाँच रुपियाँ छुट गरेर जिरामसिना प्रतिकिलोग्राम ८९ रुपियाँ र सोनामन्सुली प्रतिकिलोग्राम ६५ रुपियाँमा बिक्री गरिएको छ । 

यता उपभोक्ताको मागअनुसार चामल उपलब्ध गराउन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ । अविरल वर्षापछि आएको बाढीपहिरोले मेची राजमार्ग अवरुद्ध बनेका कारण चामल ढुवानी गर्न नसक्दा उपभोक्तालाई मागेजति चामल दिन नसकेको शाखा कर्मचारी लिम्बूले जानकारी दिए । उनका अनुसार सुपथ मूल्यमा चामल बिक्री गर्न सुरु गरेको करिब एक हप्तापछि सोना मन्सुली चामल सकिएको थियो । 

चामल आयात गर्ने तयारी भइरहेको बेलामा मेची राजमार्ग अवरुद्ध बनेकाले ढुवानी गर्न सम्भव नभएको र उपभोक्ताको मागअनुसार चामल दिन नसकेको शाखाले जनाएको छ । त्यसपछि मौज्दात रहेको जिरामसिना चामल मात्र प्रतिव्यक्ति एक बोराका दरले बिक्री गरिएको लिम्बूले जानकारी दिए । हाल कम्पनीको गोदाममा सोना मन्सुली चामल नभएको र जिरामसिना पनि ५२ क्विन्टल मात्र मौज्दात रहेको छ । अब भने मेची राजमार्ग सञ्चालनमा आएकाले चाँडै चामल आयात हुने शाखाले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: