Khabar Dabali ७ जेष्ठ २०८३ बिहीबार | 21st May, 2026 Thu
Investment bank

भारतमा आज पाँच विमानमा बमको धम्की

खबरडबली संवाददाता

काठमाडौं । भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क्यानडातर्फ डाइभर्ट गरिएको छ । 

सामाजिक सञ्जाल एक्समार्फत मुम्बईबाट सुरु हुने तीनवटा र दिल्लीबाट आएको एउटा उडानमा बमको धम्की दिइएको थियो । त्यस्तै लन्डनबाट दिल्लीतर्फ आउदै गरेको विमानमा पनि बमको धम्की प्राप्त भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

त्यसपछि यात्रु र विमान चालक दलको ज्यान जोखिममा परेको थियो । धम्कीको सूचना पाएपछि सुरक्षा निकायलाई सतर्क गराइएको थियो । जयपुर-बैंगलोर एयर इण्डिया एक्सप्रेसमा बमको धम्की दिइएपछि यो विमान अयोध्यामा अवतरण गरी अनुसन्धान गरिएको थियो । यसबाहेक स्पाइसजेटको दरभंगा-मुम्बई उडानको सिलिगुडी-बैंगलोर उडानमा पनि बमको धम्की दिइएको थियो । सूचना प्राप्त हुँदासम्म यी दुवै विमान अवतरण भइसकेका थिए । दुवै विमानको सुरक्षा निकाय र प्रहरीले विमानस्थलमा चेकजाँच गरेका थिए । 

यसबाहेक दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमान एआई १२७ मा पनि बमको धम्की दिइएको थियो । यो उडान शिकागोको लागि प्रस्थान गरेको थियो । सूचना पाएपछि विमानलाई क्यानडाको एकमात्र विमानस्थलतर्फ मोडिएको थियो । एयर इन्डियाका अनुसार विमान र यात्रुको सुरक्षा जाँच गरिएको बताइएको छ । विमानस्थलमा सुरक्षा निकायलाई सचेत गराइएको छ । कुनै पनि विमानमा बम नभेटिएको बताइएको छ । 

यस अघि सोमबार मुम्बईबाट न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमानमा बमको धम्की आएको बताइएको थियो । जसलाई दिल्लीमा अवतरण गराइएको थियो । सुरक्षा जाँचका क्रममा यहाँ कुनै पनि शंकास्पद वस्तु फेला परेको थिएन । 

अधिकारीहरुका अनुसार पछिल्लो समय एयर इन्डिया लगायत धेरै स्थानीय एयरलाइन्सलाई बमको धम्की आइरहेको छ र ती सबै धम्की झुटो भएको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालमा पोष्ट गरेर आइरहेका यस्ता धम्कीप्रति अनुसन्धान गरिरहेको बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending