Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

आफ्नै मतदातालाई धोखा दिने गद्दार नेताले ‘भोट’ फिर्ता गर्नुपर्छ: प्रभु साह

खबरडबली संवाददाता

रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजनीतिक दलहरु ‘बेइमान’ भएको टिप्पणी गरेका छन् ।

राजनीतिक दलहरु मुलुक र जनतासँग गदारी गरेको आरोप उनले लगाए । महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा रौतहटको बौद्धीमाई नगरपालिकाको ईनर्वामा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले मुलुक र जनताको आवश्यक्ता एवं चाहना अनुसार राजनीतिक दल र नेताहरुले काम गर्न नसकेको जनाएका हुन् ।

जनता र आफ्नो मतदातालाई धोखा दिने गद्दार जनप्रतिनिधिले भोट फिर्ता गर्नुपर्ने उनले बताए । आफ्नै मतदातासँग गरेको प्रतिबद्धता पुरा नगर्ने राजनीतिक दल र नेताहरुले भोट फिर्ता गर्नुपर्ने उनको भनाई छ ।

‘एमाले र कांग्रेसले निर्वाचनमा छुटाछुटै गठबन्धन गरेर निर्वाचनमा सहभागि भए । जनतासंग मत मागे, उनीहरुलाई जनताले मत पनि दिए । तर उनीहरुले आफ्नै मतदातालाई धोखा दिए । निर्वाचनमा मतदातासंग गरेको प्रतिबद्धता उनीहरुले कार्यान्वयन गरेनन्, यस्तो अवस्थामा उनीहरु भोट फिर्ता गर्नुपर्छ की पर्दैन ?’ प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘के कांग्रेसले एमालेसँग वा एमालेले कांग्रेससँग मिलेर सरकार बनाउँछु भन्ने कुरा गरेका थिए । छुटाछुटै गठबन्धनबाट निर्वाचनमा सहभागि हुने, जनताको मत लिने र आफ्नै मतदातालाई ठग्ने काम गर्ने ?’ 

जनताको मतको कदर नगर्ने राजनीतिक दलदेखी नेताहरुलाई बहिष्कार गर्नुपर्ने उनले बताए । जनतालाई धोखा दिने नेताहरुले भोट फिर्ता गरेर आफ्ना मतदातासँग माफी माग्नुपर्ने उनले बताए । वा जनतासंग जे प्रतिबद्धता गरिएको थियो सोही अनुसार राजनीतिक दल, नेताहरुले काम गर्नुपर्ने उनले बताए । 

‘निर्वाचनको बेलामा एउटा कुरा गर्ने, निर्वाचन पछि अर्को काम गर्ने । आफैले बोलेको कुरा पुरा नगर्ने दोहोरो चरित्र देखाउने नेताहरुलाई गाउँ गाउँबाट लखेटनुपर्ने आवश्यक्ता छ, यिनीहरुकै कारण मुलुकको बिकास हुन सकेन, युवाहरुले रोजगार पाउँन सकेनन्’ साहले भने, ‘लाखौं युवाहरु बेरोजगार छन, खाडी मुलुक जानुपर्ने, ठगिनुपर्ने अवस्था छ । तर यि नेताहरु मुलुकमा भ्रष्टाचार गर्ने, विदेशमा पैसा थुपार्ने, मुलुकलाई कंगाल बनाउँने काममा लागेका छन् ।’ 

बिभिन्न भ्रष्टाचार एवं काण्डमा संलग्न नेताहरुलाई गाउँ पस्न नदिन उनले आह्वान गरे । जनतालाई भ्रममा राखेर लुट मचाएका त्यस्ता नेताहरुलाई बहिष्कार गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, श्रीभगवान पटेलका साथै आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

सरकारी आश्वासनपछि खुले चिया उद्योग, भारत निकासी अझै अन्योलमा

१० दिन उद्योग बन्द हुँदा किसानको करिब १० करोड रुपैयाँ बराबरको हरियो चियापत्तीमा क्षति

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपाल क्याबिनेटका मन्त्री अदालतमा तानिए

काठमाडौं । पतञ्जलि योगपीठको जग्गा हदबन्दी छुटसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending