Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

जनताको आकाङ्क्षा पुरा नहुँदा मेरो बेचैनी बढ्यो: पुर्वराजा ज्ञानेन्द्र

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने चाहना पुरा हुन नसक्दा आफूलाई दुःख लाग्नु स्वाभाविक भएको बताएका हुन् । 

शाहद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘खुसी हुन र रमाउन दसैँ नै पर्खनु पर्ने नियतिबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसी र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वाभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाह वंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरबार छोडेका थियौँ । तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा हाम्रो बेचैनी बढाएको छ ।

पुर्व राजा ज्ञानेन्द्र शाहले दिएको शुभकामना :

प्यारा नेपाली दिदी बहिनी तथा दाजु भाइहरु,

हाम्रा घर आंगनमा हाम्रो सांस्कृतिक पर्व वडा दशैं आइपुगेको छ । उल्लास र उमग्गको यो सामाजिक पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेबसेका सबै नेपालीहरुमा हामी मंगलमय शुभकामना ब्यक्त गर्दछौं । 

खुसि हुन र रमाउन दशै नै पर्खनु  पर्ने नियतीबाट मुक्ति पाएर बाह्रै महिना सबै दिन नेपालीले खुसि र सुख प्राप्त गरेको हेर्ने हाम्रो चाहना पुरा हुन नसक्दा हामीलाई दुःख लाग्नु स्वभाविक हो । जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न पनि तत्पर रहने शाहवंशीय परम्पराको यथोचित पालना गर्दै हामीले नारायणहिटी दरवार छोडेका थियौं । तर दुई दशक पुरा हुनै लाग्दा पनि स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाँक्षा पुरा नहुँदा हाम्रो वेचैनी बढाएको छ । 

नेपाल अहिले अत्यन्तै असहज अवस्थामा छ । निरन्तरको परनिर्भता र ऋणको भारले थिचिएको छ । हाम्रो गाउँबस्ती र शहरी क्षेत्र क्रमश “ युवाशक्ति विहीन ” बन्दै गहिरहेको छ । आज मुलुकमा युवाशक्तिले कमाउने र रमाउने वातावरण बन्न सकेको छैन ।

युवालाई स्वदेश मै रोजगारी सिर्जना गर्दै आत्म निर्भर अर्थतन्त्रको विकास गर्न विकल्प प्रस्तुत गर्न  नसक्नुको परिणाम आज मुलुकले कहालीलाग्दो अवस्था भोग्दैछ । रोजगारीको निमित्त विदेशीनु पर्ने बाध्यात्मक अवस्थाले हाम्रा खेत वारी मात्र बाँझो तुल्याएको होइन हरेक बाबु आमाको मन पनि काँढाले बिझाएको छ । हामीले मुलुकमा शान्ति, स्थायित्व, अमनचैन, न्याय र समृद्धि बाहेक अर्को इच्छा कहिल्यै राखेनौं । देशको सार्वभौमिक स्वतन्त्रता, अखण्डता र सामाजिक सद्भावको स्थिति अटुटु राख्ने  हाम्रो चाहना हो । बाह्रय शक्तिराष्ट्रहरुको दवाव र दुस्प्रभाव हामी कहाँ नबढोस् , यो देशमा अरुको खेल मैदान नबनोस्, हाम्रो भूमी कुनै प्रकारको अशान्तिको चपेटामा नपरोस् भन्नेमा नै हाम्रो गहिरो ध्यानदृष्टि थियो र सधैं हुनु पर्दछ । 

एकाइसौं शताब्दीको पहिलो दशक देखि नै क्षेत्रीय एवम् अन्र्तराष्ट्रिय तनाव झन गहिरो हँुदै  गएको छ । यसको प्रभावबाट नेपाल पनि चोखिन पाएको छैन । राष्ट्र – राष्ट्रहरुको बीचमा विश्वासको संकट चुलिँदै गएको परिदृष्य प्रष्ट नै छ । भू–राजनीतिक अवस्थाको कारणले गर्दा हाम्रो देश अछुतो रहन सकेको छैन । महाशक्तिहरु बीचको तनाब र स्वयं घोषित नवशक्तिहरुको अहमता बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाल “शान्त राष्ट्र«”को रुपमा घोषित होस् र यसैबाट विश्वभर परिचित रहोस् भन्ने हाम्रो मान्यता र आग्रह छ । यस दिशातर्फ हामी सबैको राष्ट्रि«य संकल्प हुनै पर्दछ । नेपालका बारेमा नेपालीहरु नै निर्णायक हुनु पर्दछ भन्ने हाम्रो सोचको अपरिहार्यता वर्तमानमा देखापरेको अन्यौल र अराजकताले झन पुष्ठि गरेको छ । 

श्री नवदुर्गा भवानीले हामी सबैलाई सत्कर्मका निम्ति प्रेरणा प्रदान गरुन् ।

जय नेपाल ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending