सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले पौडेललाई पक्राउ गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार कार्यक्रम चलिरहेकै समयमा प्रहरीले उनलाई ‘काठमाडौं जाने समय भयो, बाहिर निस्कनुस्’ भन्दै होटल बाहिर बोलाएको थियो।
त्यसपछि सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल स्वयं होटल पुगेर पौडेललाई आफ्नो गाडीमा राखी नेपालगञ्जतर्फ लगेका थिए।
सुर्खेतबाट काठमाडौंका लागि तत्काल सिधा हवाई उडान उपलब्ध नभएकाले उनलाई सडकमार्गबाट नेपालगञ्ज पुर्याइएको बताइएको छ। नेपालगञ्जबाट भने हवाई मार्गमार्फत काठमाडौं पठाउने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ।
पौडेल पक्राउ पर्दा कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र रामबहादुर थापा ‘बादल’ लगायतको उपस्थिति रहेको थियो।
एमालेको संगठन सुदृढीकरण र पुनर्गठनसम्बन्धी छलफल चलिरहेका बेला उपाध्यक्ष पौडेल पक्राउ परेपछि कार्यक्रमस्थलमा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ। पक्राउको विषयमा एमालेका नेताहरूले भने सार्वजनिक प्रतिक्रिया दिन थालेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १९:४३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि तत्काल मुद्दा नचलाउने निर्णय गर्दै उनीसँग सम्बन्धित विषयमा...
आषाढ़ ८ गते, २०८३ - १९:४१
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी नेपालगञ्ज लगिएको छ। वीरेन्द्रनगरस्थित शुभम होटलमा एमालेको निर्वाचन समीक्षा तथा...
आषाढ़ ८ गते, २०८३ - १९:३६
प्रतिवाद गर्ने चेतावनी
आषाढ़ ८ गते, २०८३ - १०:२५
काठमाडौं । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसभित्र सादगी नेताका रुपमा चिनिएका उनी केही वर्षदेखि ‘दम’ रोगबाट...
आषाढ़ ८ गते, २०८३ - १०:२३
काठमाडौं । लोकतान्त्रिक अभ्यास, विचारको बहस र कार्यकर्ताको सहभागिताको कुरा गर्ने दलको बन्द सत्रमा भने यसपटक सुरक्षा व्यवस्थाले सबैको ध्यान तानेको छ। न...
आषाढ़ ८ गते, २०८३ - १०:०४
काठमाडौं । नेकपा एमालेभित्र केही समययता देखिएको वैचारिक बहस र सार्वजनिक अभिव्यक्तिका बीच उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याएक...
आषाढ़ ८ गते, २०८३ - ०९:३३
लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ । प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०...
आषाढ़ ८ गते, २०८३ - ०९:३१
मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रि...
आषाढ़ ८ गते, २०८३ - ०९:२८
काठमार्डौं । गाजर एउटा साधारण देखिने तर अत्यन्तै पौष्टिक तरकारी हो, जुन विश्वभर स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ। यो प्रायः सलाद, जुस, तरकारी र म...
आषाढ़ ८ गते, २०८३ - ०९:२३
काठमाडौं । कप्तान मोहम्मद सलाहको प्रेरणादायी प्रदर्शनमा इजिप्टले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ मा पहिलो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको...



प्रतिकृया लेख्नुहोस्: