Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

नयनतारा र विग्नेशको विवाहको डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज हुने

खबरडबली संवाददाता

काठमाडौं । प्रसिद्ध दक्षिण भारतीय अभिनेत्री नयनतारा र उनका निर्देशक रहेका पति विग्नेश शिवन लोकप्रिय जोडी मध्ये एक हुन् । यी दुईको पहिलो भेट सन् २०१५ मा तमिल भाषाको रोमान्टिक कमेडी फिल्म नानुम राउडी धनको सुटिङका ​​क्रममा भएको थियो । 

यसपछि दुवैले सात वर्षसम्म डेट गरेपछि जुन ९, २०२२ मा विवाह गरेका थिए । अब उनीहरुको विवाहको डकुमेन्ट्रीको नेटफ्लिक्समा रिलिज हुने भएको छ । ‘नयनतारा : बियन्ड द फेयरी टेल’ शिर्षकमा नेटफ्लिक्समा रिलिज हुने भएको हो । 

नयनतारा र विग्नेशको विवाह महाबलीपुरमको एक विलासी रिसोर्टमा भएको थियो । उनीहरुको विवाहमा भारतीय फिल्म उद्योगका केही चर्चित नामहरु पनि सहभागी भएका थिए । दम्पतीले आफ्नो विवाहको वृत्तचित्रको अधिकार नेटफ्लिक्सलाई बेचेका थिए । अब उनीहरुको विवाहको दुई वर्षपछि यही स्ट्रिमिङ प्लेटफर्ममा छिट्टै डकुमेन्ट्री फिल्म ‘नयनतारा : बियन्ड द फेयरी टेल’ रिलिज हुँदैछ । यद्यपी यसको रिलिज मिति बारे आधिकारिक जानकारी नआएपनि डकुमेन्ट्रीको रन टाइम भने खुलाइएको छ । 

नेटफ्लिक्सले दिएको जानकारी अनुसार वृत्तचित्रको रनटाइम १ घण्टा २१ मिनेटको हुने छ । यसमा जोडीको प्रेमकथा, उनीहरुको व्यक्तिगत कथा, उनीहरुको बिहेका केहि यादगार पलहरु र उनीहरुले सँगै बिताएका समयका झलकहरु देख्न सकिनेछ । 

फिल्मको प्रोमो ट्रेलर सेप्टेम्बर २०२२ मा रिलिज गरिएको थियो, जसमा नयनतारा र विग्नेशले एकअर्कालाई आजीवन साथीको रूपमा रोज्नुको कारणलाई हाइलाइट गरिएको थियो । दुवै जना अहिले दुई जुम्ल्याहा सन्तानको आमाबुवा भइसकेका छन् । विवाहको चार महिनापछि, अक्टोबर २०२२ मा नयनतारा र विग्नेश जुम्ल्याहा सन्तान उइर र उलागमका आमाबुवा बनेका थिए । दुवै सन्तान सरोगेसीको माध्यमबाट जन्मिएका हुन्, जसलाई लिएर निकै चर्चा चलेको थियो । 

नयनताराको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनका‘टेस्ट’, ‘मननगट्टी सन १९६०’, ‘थानी ओरुवान २’ र ‘डियर स्टुडेन्ट्स’ जस्ता फिल्म आउनेक्रममा रहेका छन् भने विग्नेश ‘लभ इन्स्योरेन्स कम्पनी’ को सुटिङमा व्यस्त छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending