काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् ।
लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरुपमा काम गर्न आग्रह गरेका हुन् ।
'हामीले सामान्य सुधार (रिफर्म) होइन, रुपान्तरण (प्याराड्याम सिफ्ट) नै गर्नुपर्छ । पुराना पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ ।', प्रधानमन्त्री ओलीले भने, 'यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी हुनुपर्छ । त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौँ । कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र हुने नहुने निर्णय दिनुपर्ने पनि निर्णय गरेका छौँ ।'
बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबाट प्रस्तुत आगामी चार वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । यस्तै बैठकमा चालु तथा कार्यान्वयनको चरणमा रहेका, सम्झौता र मूल्याङ्कनका चरणमा रहेका विभिन्न परियोजनाबारे जानकारी गराइएको थियो । प्रधानमन्त्री ओली र प्रमुख कार्यकारी ज्ञवाली नियुक्त भएपछि बोर्डको यो पहिलो बैठक हो ।
बोर्डले सरकारको लगानीसम्बन्धी बजेट र खर्च घट्दो रहेको अवस्थामा निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धि गर्नुपर्ने, अन्तर्राष्ट्रिय लगानी सम्मेलनबाट प्राप्त प्रतिबद्धताबमोजिम काम हुनुपर्ने, स्वदेश र विदेशमा लगानी प्रवद्र्धनको काम गर्नुपर्ने, एकल विन्दु सेवा केन्द्रलाई पूर्ण कार्यान्वयनमा ल्याइ छिटो छरितो काम गर्नुपर्नेमा जोड दिएको छ । यस्तै विद्यमान कानुन संशोधन गरी बोर्डलाई अधिकार सम्पन्न र स्वायत्त बनाउनुपर्ने, प्रदेश र स्थानीय तहमा लगानी सहजीकरणका लागि विशिष्टीकृत केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।
बैठकले बोर्डको चालु आर्थिक वार्षिकका लागि रु १८ करोड ८३ लाख बजेट तथा प्रमुख कार्यकारी अधिकृतको कार्यसम्पादन सम्झौता करारका सूचकहरु स्वीकृत गरेको छ । बैठकलगत्तै अध्यक्ष ओली र प्रमुख कार्यकारी अधिकृत ज्ञवालीबीच यस आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको छ । बोर्डले रु छ अर्बभन्दा माथि लगानी भएका परियोजना तथा २०० मेगावाटभन्दा माथि क्षमताका जलविद्युत परियोजना सहजीकरण आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८२ - २०:३१
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ मा स्थित पर्यटकीयस्थल खोप्रालेक (खोपारा) मा आश्रयस्थल, पदमार्ग, सार्वजनिक शौचालयलगायत संरचना निर्माण गरिएको छ । य...
आषाढ़ १ गते, २०८२ - २०:२६
भोजपुर । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तला खेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्...
आषाढ़ १ गते, २०८२ - २०:२०
ललितपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउनुपर्ने बताएका ...
आषाढ़ १ गते, २०८२ - २०:१०
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७४ पुगेको छ । जसमा ३३ जनाको जमिनमै...
आषाढ़ १ गते, २०८२ - २०:०३
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्०८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड...
आषाढ़ १ गते, २०८२ - १९:५४
पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि मुद्दा दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविर...
आषाढ़ १ गते, २०८२ - १८:४५
जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ । हवाई आक्रमणको साइरनले दे...
आषाढ़ १ गते, २०८२ - १८:४१
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ...
आषाढ़ १ गते, २०८२ - १८:३५
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार बिहान लखन्देही खोलामा पानीको बहाव बढेर बाँध कटान गरेको छ । पहाडी भेगमा बिहान भएको भारी वर्...
आषाढ़ १ गते, २०८२ - १८:३२
काठमाडाैं । नेपालमा कार्गो तथा कुरियर व्यवसाय गर्ने नेपाल क्यान मुभ प्रालिविरुद्ध ठूलो राजस्व चुहावट मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले प्र...
प्रतिकृया लेख्नुहोस्: