बाँके । आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको ३१ औँ सिनेटको बैठकले भेरी अस्पतालका लागि २८ वटा सिट निर्धारण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।
उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्य्राजुएट (पिजी) चिकित्सक तथा नर्स अध्यापनका लागि शिक्षक दरबन्दी स्वीकृत गरेसँगै भेरी अस्पतालमा पनि एमडी/एमएस पढाइ हुने निश्चित भएको बताए । भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले भेरी अस्पतालका लागि २८ वटा सिट निर्धारण गर्नु हाम्रा लागि अत्यन्तै सुखद क्षण भएको जनाउँदै दक्ष चिकित्सकको अभाव कम गर्नमा यो निर्णय ऐतिहासिक हुने बताए ।
उनले सिटको कोटा बढ्दै जाँदा एमडी/एमएस अध्ययनका लागि चिकित्सक विदेश जानुपर्ने बाध्यता पनि कम हुने र यसले भेरी अस्पतालको सेवा प्रभावलाई समेत ठुलो सकारात्मक प्रभाव पार्ने बताए । पश्चिम नेपालका हजारौँ बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालमा एमडी/एमएस अध्यापन गराउन लामो समयदेखि प्रयास भइरहेको थियो । तर त्यसले औपचारिक सार्थकता भने पाइरहेको थिएन । तर यसअघि न्याम्सअन्तर्गत शैक्षिक आबद्धता लिएका आङ्गिक कलेज भरतपुर अस्पताल, कोशी अस्पतालसँगै नारायणी र भेरी अस्पताललाई समेत आबद्धता दिने निर्णय गरिएपछि सो प्रयासले सार्थकता पाएको हो ।
भेरी अस्पतालमा एमडी/एमएस अध्ययन सुरु भएसँगै दक्ष चिकित्सकको अभाव पनि कम हुने र यहाँ आउने बिरामीले विशेषज्ञ सेवा पनि थप पाउने विश्वास गरिएको छ । पश्चिम नेपालकै विभिन्न जिल्लाहरूका बिरामीका लागि रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पतालले गत केही वर्ष यता विभिन्न क्षेत्रमा नयाँ नयाँ प्रविधि र उपकरण थपेर अस्पतालका सेवा सुविधालाई स्तरीय बनाउँदै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: