बाँके । आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको ३१ औँ सिनेटको बैठकले भेरी अस्पतालका लागि २८ वटा सिट निर्धारण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले बताए ।
उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्य्राजुएट (पिजी) चिकित्सक तथा नर्स अध्यापनका लागि शिक्षक दरबन्दी स्वीकृत गरेसँगै भेरी अस्पतालमा पनि एमडी/एमएस पढाइ हुने निश्चित भएको बताए । भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले भेरी अस्पतालका लागि २८ वटा सिट निर्धारण गर्नु हाम्रा लागि अत्यन्तै सुखद क्षण भएको जनाउँदै दक्ष चिकित्सकको अभाव कम गर्नमा यो निर्णय ऐतिहासिक हुने बताए ।
उनले सिटको कोटा बढ्दै जाँदा एमडी/एमएस अध्ययनका लागि चिकित्सक विदेश जानुपर्ने बाध्यता पनि कम हुने र यसले भेरी अस्पतालको सेवा प्रभावलाई समेत ठुलो सकारात्मक प्रभाव पार्ने बताए । पश्चिम नेपालका हजारौँ बिरामीको उपचार गर्दै आएको भेरी अस्पतालमा एमडी/एमएस अध्यापन गराउन लामो समयदेखि प्रयास भइरहेको थियो । तर त्यसले औपचारिक सार्थकता भने पाइरहेको थिएन । तर यसअघि न्याम्सअन्तर्गत शैक्षिक आबद्धता लिएका आङ्गिक कलेज भरतपुर अस्पताल, कोशी अस्पतालसँगै नारायणी र भेरी अस्पताललाई समेत आबद्धता दिने निर्णय गरिएपछि सो प्रयासले सार्थकता पाएको हो ।
भेरी अस्पतालमा एमडी/एमएस अध्ययन सुरु भएसँगै दक्ष चिकित्सकको अभाव पनि कम हुने र यहाँ आउने बिरामीले विशेषज्ञ सेवा पनि थप पाउने विश्वास गरिएको छ । पश्चिम नेपालकै विभिन्न जिल्लाहरूका बिरामीका लागि रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पतालले गत केही वर्ष यता विभिन्न क्षेत्रमा नयाँ नयाँ प्रविधि र उपकरण थपेर अस्पतालका सेवा सुविधालाई स्तरीय बनाउँदै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...
पौष २ गते, २०८२ - १८:०५
सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...
पौष २ गते, २०८२ - १८:०१
जुम्ला । जुम्लामा यो वर्ष करिब १८ हजार २४५ मेट्रिक टन स्याउ उत्पादन हुँदा रु ४१ करोड २९ लाख ८९ हजार आम्दानी भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयको...
पौष २ गते, २०८२ - १७:५९
रसुवा । सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम सेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ । सेयर पाउनुपर्ने माग दाबी गर्दै व...
पौष २ गते, २०८२ - १७:५८
पाँचथर । फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेक...
पौष २ गते, २०८२ - १७:५४
स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, ...
पौष २ गते, २०८२ - १७:५१
कम्बोडिया । कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको सङ्ख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा ह...
पौष २ गते, २०८२ - १७:४९
सिड्नी । सिड्नीको बोन्डी समुन्द्र तटमा भएको घातक सामूहिक गोलीबारीको जीवित कथित अपराधी नावीद अकवरलाई ५९ वटा अपराधको आरोप लगाइएको अस्ट्रेलियाली प्रहरीले...
पौष २ गते, २०८२ - १७:४७
तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याइएको इरानको सरकारी समा...




प्रतिकृया लेख्नुहोस्: