Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

बाढी पहिराेकाे कारण दुध ढुवानी हुन सकेन

खबरडबली संवाददाता

विराटनगर । भारी वर्षाका कारण मेची राजमार्गस्गिथत इलामको माइखोला नजिक राजदुवाली खण्ड क्षतिग्रस्त भई सवारी आवतजावत बन्द भएपछि विराटनगर दुग्ध विकास आयोजनाका दुई वटा चिस्यान केन्द्रबाट एक सातादेखि दुध ढुवानी हुन सकेको छैन । दुध ढुवानी गर्न सक्ने अवस्था नभएपछि चिस्यान केन्द्र अन्तरगतका दुध संकलन केन्द्र र सहकारी संस्थाहरुले किसानबाट दुध संकलन बन्द गरेका छन् । 

इलामको शान्तिडाँडा र बिब्ल्याँटे चिस्यान केन्द्रबाट हुने दुध ढुवानी पूर्णरुपमा बन्द भएको हो । विराटनगरसम्म दुधको ट्यांकर जानसक्ने अवस्था नहुँदा चिस्यान केन्द्रहरुले दुध संकलन बन्द गरेको आयोजनाले जनाएको छ । विराटनगरस्थित आयोजनाका निमित्त प्रमुख हिरबहादुर थापा मगरले ती दुई चिस्यान केन्द्रहरुबाट दैनिक २ हजार ५०० लिटरभन्दा बढी दुध संकलन हुने गरेको जानकारी दिए । उनले भने, "शान्तिडाँडाबाट दैनिक करिब १५०० र बिब्ल्याँटेबाट दैनिक सरदर एक हजारदेखि १२ सय लिटरसम्म दुध संकलन हुने गरेको थियो तर अहिले बाटो बिग्रिएका कारण त्यहाँसम्म ट्यांकर पुग्नसक्ने अवस्था छैन, त्यसले गर्दा किसानबाट दुध संकलन बन्द गरिएको छ ।"

पहिरोले बगाएपछि मर्मत गरिँदै गरेको राजमार्गमा अझै माथिपट्टि धाँजा फाटेर पहिरो जाने जोखिम बढेपछि शनिबार साँझदेखि सडक मर्मतको कामसमेत रोकिएको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जोखिमको अवस्था हेरेर मात्र मर्मत कार्य अगाडि बढाइने बताए । 

"तत्काल मर्मतलाई निरन्तरता दिनेभन्दा पनि अवस्था हेरेरमात्र अघि बढ्नेछौं," उनले भने, "जति काम गर्दैगयो, उति माथिपट्टि धाँजा फाटेर जोखिम बढेकाले काम गर्नै समस्या भएको छ ।" सडक कहिलेसम्म मर्मत भई सञ्चालनमा आउँछ भन्ने नै अनिश्चित रहेको र अरु बाटोबाट ट्यांकर चिस्यान केन्द्रसम्म जाने र दुध ल्याउन सकिने अवस्था तत्काल नरहेको आयोजनाले जनाएको छ । 

दसैंको मुखमा किसानहरुले दुध बिक्री गर्न नपाउँदा उत्पादन भएको दुध खेर जाने देखिएको छ । गएको मंसिर महिनादेखि दुधको भुक्तानी नपाएका किसानहरुले यसै सातामात्र पाँच महिनाको रकम भुक्तानी पाएका थिए । डिडिसीले चार महिनाको रकम भुक्तानी दिएलगतै फेरि बाढी पहिरोले दुध नै बिक्री नहुने अवस्था आउँदा किसानहरु थप समस्यामा परेका हुन् । 

संस्थानको विराटनगर आयोजनाले किसानहरुलाई १७ करोड ८ लाख रुपैयाँ बक्यौता भुक्तानी दिएको छ । गतवर्षको मंसिर महिनादेखि किसानबाट किनेको दुधको भुक्तानी दिएको थिएन । डिडिसीले नेपाल सरकारबाट सर्तसहित ६० करोड रुपैयाँ प्राप्त गरेपछि विराटनगर आयोजनाले त्यसमध्येबाट १६ करोड ८ लाख रुपैयाँ प्राप्त गरेको थियो । उक्त रकममा आयोजनाले आन्तरिक स्रोतबाट प्राप्त गरेको थप एक करोड रुपैयाँसमेत मिलाएर किसानहरुलाई चैत महिनासम्मको १७ करोड ८ लाख रुपैयाँ भुक्तानी दिएको हो । 

विराटनगर आयोजनाले अझै असोज बाहेक ५ महिनाको १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख थापा मगरले बताए । बाँकी रकम भुक्तानीका लागि केही समय पर्खनु पर्ने उनको भनाइ छ । विराटनगर आयोजनाले अहिले दैनिक सरदर १३ हजार लिटर दुध संकलन गरिरहेको जनाएको छ । इलाम, झापा, धनकुटा, तेह्रथुमबाट आफ्नै संकलन केन्द्रले संकलन गरेको र  मोरङ, सुनसरी, उदयपुर र सप्तरीबाट सहकारी संस्थाहरुले संकलन गरेको दुध आयोजनाले खरिद गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending