Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

बाढी पहिराेकाे कारण दुध ढुवानी हुन सकेन

खबरडबली संवाददाता

विराटनगर । भारी वर्षाका कारण मेची राजमार्गस्गिथत इलामको माइखोला नजिक राजदुवाली खण्ड क्षतिग्रस्त भई सवारी आवतजावत बन्द भएपछि विराटनगर दुग्ध विकास आयोजनाका दुई वटा चिस्यान केन्द्रबाट एक सातादेखि दुध ढुवानी हुन सकेको छैन । दुध ढुवानी गर्न सक्ने अवस्था नभएपछि चिस्यान केन्द्र अन्तरगतका दुध संकलन केन्द्र र सहकारी संस्थाहरुले किसानबाट दुध संकलन बन्द गरेका छन् । 

इलामको शान्तिडाँडा र बिब्ल्याँटे चिस्यान केन्द्रबाट हुने दुध ढुवानी पूर्णरुपमा बन्द भएको हो । विराटनगरसम्म दुधको ट्यांकर जानसक्ने अवस्था नहुँदा चिस्यान केन्द्रहरुले दुध संकलन बन्द गरेको आयोजनाले जनाएको छ । विराटनगरस्थित आयोजनाका निमित्त प्रमुख हिरबहादुर थापा मगरले ती दुई चिस्यान केन्द्रहरुबाट दैनिक २ हजार ५०० लिटरभन्दा बढी दुध संकलन हुने गरेको जानकारी दिए । उनले भने, "शान्तिडाँडाबाट दैनिक करिब १५०० र बिब्ल्याँटेबाट दैनिक सरदर एक हजारदेखि १२ सय लिटरसम्म दुध संकलन हुने गरेको थियो तर अहिले बाटो बिग्रिएका कारण त्यहाँसम्म ट्यांकर पुग्नसक्ने अवस्था छैन, त्यसले गर्दा किसानबाट दुध संकलन बन्द गरिएको छ ।"

पहिरोले बगाएपछि मर्मत गरिँदै गरेको राजमार्गमा अझै माथिपट्टि धाँजा फाटेर पहिरो जाने जोखिम बढेपछि शनिबार साँझदेखि सडक मर्मतको कामसमेत रोकिएको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जोखिमको अवस्था हेरेर मात्र मर्मत कार्य अगाडि बढाइने बताए । 

"तत्काल मर्मतलाई निरन्तरता दिनेभन्दा पनि अवस्था हेरेरमात्र अघि बढ्नेछौं," उनले भने, "जति काम गर्दैगयो, उति माथिपट्टि धाँजा फाटेर जोखिम बढेकाले काम गर्नै समस्या भएको छ ।" सडक कहिलेसम्म मर्मत भई सञ्चालनमा आउँछ भन्ने नै अनिश्चित रहेको र अरु बाटोबाट ट्यांकर चिस्यान केन्द्रसम्म जाने र दुध ल्याउन सकिने अवस्था तत्काल नरहेको आयोजनाले जनाएको छ । 

दसैंको मुखमा किसानहरुले दुध बिक्री गर्न नपाउँदा उत्पादन भएको दुध खेर जाने देखिएको छ । गएको मंसिर महिनादेखि दुधको भुक्तानी नपाएका किसानहरुले यसै सातामात्र पाँच महिनाको रकम भुक्तानी पाएका थिए । डिडिसीले चार महिनाको रकम भुक्तानी दिएलगतै फेरि बाढी पहिरोले दुध नै बिक्री नहुने अवस्था आउँदा किसानहरु थप समस्यामा परेका हुन् । 

संस्थानको विराटनगर आयोजनाले किसानहरुलाई १७ करोड ८ लाख रुपैयाँ बक्यौता भुक्तानी दिएको छ । गतवर्षको मंसिर महिनादेखि किसानबाट किनेको दुधको भुक्तानी दिएको थिएन । डिडिसीले नेपाल सरकारबाट सर्तसहित ६० करोड रुपैयाँ प्राप्त गरेपछि विराटनगर आयोजनाले त्यसमध्येबाट १६ करोड ८ लाख रुपैयाँ प्राप्त गरेको थियो । उक्त रकममा आयोजनाले आन्तरिक स्रोतबाट प्राप्त गरेको थप एक करोड रुपैयाँसमेत मिलाएर किसानहरुलाई चैत महिनासम्मको १७ करोड ८ लाख रुपैयाँ भुक्तानी दिएको हो । 

विराटनगर आयोजनाले अझै असोज बाहेक ५ महिनाको १३ करोड ८९ लाख भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख थापा मगरले बताए । बाँकी रकम भुक्तानीका लागि केही समय पर्खनु पर्ने उनको भनाइ छ । विराटनगर आयोजनाले अहिले दैनिक सरदर १३ हजार लिटर दुध संकलन गरिरहेको जनाएको छ । इलाम, झापा, धनकुटा, तेह्रथुमबाट आफ्नै संकलन केन्द्रले संकलन गरेको र  मोरङ, सुनसरी, उदयपुर र सप्तरीबाट सहकारी संस्थाहरुले संकलन गरेको दुध आयोजनाले खरिद गरिरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: