भक्तपुर । नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा जारी छ । महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा आज बिहानदेखि भेला सुरु भएको हो ।
महासङ्घको सदस्यता विवादका कारण पटकपटक तोकिएको निर्वाचन मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूसहितको भेलाले समस्या समाधानका उपाय खोज्नेबारे छलफल सुरु भएको महासचिव रोशन पुरीले जानकारी दिए ।
सदस्यतासम्बन्धी विवाद समाधानका लागि महासङ्घका ५३ जिल्लाका अध्यक्षहरूले राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएका थिए । कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा विभिन्न जिल्लाबाट सहभागी प्रदेश तथा जिल्ला अध्यक्षको सहभागिता रहेको छ भने विपद्का कारण भेला हुन नसकेका अध्यक्षसँग ‘भर्चुअल’ माध्यमबाट छलफल एवं परामर्श गरिएको छ । राष्ट्रिय भेलामा पूर्वकेन्द्रीय अध्यक्षहरु डा सुरेश आचार्य, डा महेन्द्र बिष्ट, तारानाथ दाहाललगायतको सहभागिता रहेको छ ।
भेलामा निर्वाचन मिति, सदस्यता विवाद सुल्झाउनेबारे फरक फरक प्रस्तावहरूमाथि छलफल भइरहेको महासचिव पुरीले जानकारी दिए । जिल्ला अध्यक्षहरूका तर्फबाट पत्रकार महासङ्घ भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापतिले जिल्ला शाखाले सर्वसम्मत पारित गरेर प्रदेशले अनुमोदन गरेको नामावलीलाई मान्यता दिनुपर्ने, विधान विपरीत स्थानान्तरण गरिएका सदस्यता स्वतः रद्द हुनुपर्ने, पुस २० गते निर्वाचन गर्नुपर्ने प्रस्ताव भेलामा राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: