लुम्बिनी । लुम्बिनी प्रदेशमा चाडपर्वलक्षित सुरक्षायोजना लागू भएको छ । दसैँ भित्रिएसँगै चाडपर्वलक्षित सुरक्षा योजनालाई कार्यान्वयन गर्न थालिएको हो ।
नेपाल प्रहरीको लुम्बिनी प्रदेश कार्यालयले पूर्व–पश्चिम लोकमार्गसहित अन्य सडकक्षेत्रमा हुने सवारी दुर्घटना न्युनीकरण गर्न विशेष निगरानी अभियान चलाएको छ । सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिने, आरक्षण सिटको कार्यान्वयन गराउने, तीब्र गतिमा गुड्ने सवारीसाधनलाई निगरानीमा राख्नेजस्ता कामहरू प्रहरीले अगाडि बढाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले सुरक्षा व्यवस्था मजबुत पार्न सादा पोशाकमा प्रहरी परिचालन गर्नेदेखि ड्रोन क्यामेराबाट निगरानी गर्नेसम्मका योजनाअगाडि बढाएको बताए । बजार क्षेत्रमा तथा सवारी साधनहरूमा समेत सादा पोशाकका प्रहरी परिचालन गरिने उनले बताए। नागरिकलाई सुरक्षित महसुस गराउन प्रहरी लागि पर्ने उनको भनाइ छ ।
तराई–मधेशका ६ जिल्लाका बजारक्षेत्रका अतिरिक्त सिमाक्षेत्रमा पनि विशेष निगरानी बढाइने प्रहरीले जनाएको छ । छठ पर्वसम्मका लागि लागू गरिएको सुरक्षा योजनामा सुरक्षित यात्रा गराउनेमा जोड दिइएको छ । सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई घटाउने, चोरी, डकैती, लुटपाटजस्ता कुनै अपराधिक काम हुन नदिने, यात्रुहरूको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने गरी चाडपर्वलक्षित सुरक्षा योजना लागू गरिएको हो ।
लुम्बिनी प्रदेशमा चाडपर्वलाई लक्षित गरेर सात हजार ६ सय ४४ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसका लागि गण तथा विपत गुल्मबाट समेत जनशक्ति थप गरिएको छ ।
पूर्व–पश्चिम लोकमार्गमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएका छन् । मानिसहरूको भिडभाड हुने क्षेत्रको पहिचान गरेर यस्ता सहायता कक्षा स्थापना गरिएको छ । योसँगै बजार अनुगमनलाई पनि एकीकृत रूपमा अघि बढाइएको छ । तीन तहकै सरकारको सहभागितामा एकीकृत रूपमा बजार अनुगमनलाई अघि बढाइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: