Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

नुवाकोटको बेलकोटगढीमा सामूहिक जमरा राखियो

खबरडबली संवाददाता

नुवाकोट । दसैँपर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा दुईसय ४५ परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादसैँको लागि स्थानीय ब्रामण, क्षेत्री, आदिवासी–जनजाती, दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेको हो । 

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएकोमा यो वर्ष पनि विभिन्न जाती र समुदायले सामूहिक जमरा राख्ने धार्मिक परम्परालाई निरन्तरता दिएको मन्दिरका पूजारी भोलाराज पौडेलले जानकारी दिए । उनको अनुसार वितगमा जस्तै यो वर्ष पनि ब्रामण, क्षेत्री, आदिवासी–जनजाती र दलित जातीका विभिन्न २२ थरका दुईसय पैतालिस परिवारले एकै स्थानमा जमरा राखेका छन् । 

“स्थानीय क्षेत्रमा बसोबास गर्ने सबै जातीका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ ।” पुजारी पौडेलले भने “विजया दशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआरधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिन्छ ।”

नुवाकोट नामकरणका नौ कोटमध्येको प्रमुख कोट बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बैद्धिक सनातन परम्पराको लागि महत्वको रुपमा लिइन्छ । यहाँ अवस्थित निरञ्जना भगवती मन्दिर प्रसिद्ध एवम् पौराणिक शक्तिपीठको रुपमा देशभर परिचित रहेको छ । बडादसैँ पर्वको अवसरमा काठमाडौँ हनुमानढोकाको बैद्धिकविधि अनुसार नै यहाँको मन्दिरमा गरिने पूजाआरधना र जमरा राख्ने परम्परा एउटै रहेको छ । हनुमानढोकाको भन्दा बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा राखिने सामूहिक जमराले स्थानीय क्षेत्रमा जातीय छुवाछुत प्रथाविरुद्धको सचेतनामा उल्लेख्य योगदान पुगेको बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङको भनाइ छ । 

उनका अनुसार मन्दिरमा सामूहिक जमरा राख्न र पूजा सञ्चालनका लागि गुठीको व्यवस्था भए पनि कुतवाली उठ्न छाडेपछि नियमति पूजा सञ्चालन प्रभावित हुन नदिन बेलकोटगढी नगरपालिकाले सहयोग पुर्याउँदै आएको छ । “धार्मिक परम्परा धान्न समस्या भइरहेको अवस्थामा सामूहिक जमरा राख्न स्थानीयवासीको सामूहिक प्रयास अनुपम नमूना छ ।” नगरप्रमुख गुरुङले भने– “पछिल्ला वर्षमा बेलकोटगढी नगरपालिकाले वार्षिक नीति तथा  कार्यक्रममा समावेश गरेर आर्थिक सहयोग उपलब्ध गराई पूजा सञ्चालनमा सहज बनाउन कोसिस गर्दै आइरहेको छ ।”

बेलकोटस्थित पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँका स्थानीयले दसैँ पर्व विजया दशमीको दिनबाट सुरु हुने नवदुर्गा भवानीको प्रसाद ग्रहण्मा लगाउने जमरा सामूहिक रुपमा निरञ्जना भगवती मन्दिरमा राख्ने गरिएको छ । मन्दिरका उपासे सन्दिप रानामगरको अनुसार सामूहिक जमरा राख्ने धार्मिक परम्परा दुईसय पचास वर्ष भन्दा पुरानो मानिन्छ । सामूहिक जमरा राख्ने धार्मिक कार्यक्रममा नगरप्रमुख गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, विभिन्न वडाको वडाध्यक्ष सहितको जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: