Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

खबरडबली संवाददाता

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार गर्नुपर्नेमा जोड दिएको छ । वैवाहिक बलात्कारीलाई गैरकानूनी घोषित गर्न माग गर्दै अभियन्ताहरूले दायर गरेको चलिरहेको सर्वोच्च अदालतको मुद्दामा भारत सरकारले त्यस्तो जोड दिएको हो । 

भारतमा बेलायती औपनिवेशिक शासनको समयमा १९औँ शताब्दीमा लागू गरिएको दण्ड संहिताले स्पष्ट रूपमा “एक पुरुषले आफ्नै पत्नीसँग गरेको यौन क्रियाकलाप बलात्कार होइन” भनी उल्लेख गरेको छ । वैवाहिक बलात्कारलाई गैरकानूनी बनाउन खोज्ने अभियन्ताहरूको एक दशक लामो अदालती चुनौतीका बाबजुद प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जुलाईमा उक्त धारालाई कायम राख्दै संशोधित संहिता लागु गरेको थियो । 

भारतको गृह मन्त्रालयले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको शपथपत्रमा वैवाहिक बलात्कारको परिणाम ‘दण्डात्मक’ हुनुपर्ने भए पनि कानूनी प्रणालीले यसलाई विवाह बाहिर गरिएको बलात्कारभन्दा बढी उदारताका साथ व्यवहार गरिनुपर्ने उल्लेख छ । “पतिसँग आफ्नी पत्नीको सहमति उल्लङ्घन गर्ने कुनै मौलिक अधिकार निश्चित रूपमा छैन”, द इन्डियन एक्सप्रेस अखबारका अनुसार शपथपत्रमा भनिएको छ, “यद्यपि भारतमा मान्यता प्राप्त ‘बलात्कार’ प्रकृतिको अपराधलाई विवाह संस्थामा आकर्षित गर्नु अत्यधिक कठोर मान्न सकिन्छ ।”

भारतको वर्तमान दण्ड संहिताले बलात्कारमा दोषी ठहर भएकालाई न्यूनतम १० वर्षको सजाय तोकेको छ । वैवाहिक बलात्कारलाई विद्यमान कानूनहरूमा पर्याप्त रूपमा सम्बोधन गरिएको र यसमा घरेलु हिंसाबाट महिलाहरूको संरक्षण गर्ने सन् २००५ को कानून समावेश रहेको सरकारको वक्तव्यमा उल्लेख छ । उक्त कानूनले यौन दुर्व्यवहारलाई घरेलु हिंसाको रूपमा मान्यता दिन्छ तर अपराधीहरूलाई कुनै आपराधिक दण्ड निर्धारण गर्दैन । दण्ड संहिताको अर्को धारामा पतिले आफ्नी पत्नीविरुद्ध गरेका व्यापक रूपमा परिभाषित ‘क्रुरता’ का कार्यहरूका लागि तीन वर्षसम्मको जेल सजायको प्रावधान छ ।

सन् २०१९ देखि २०२१ सम्म गरिएको सरकारको पछिल्लो राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणअनुसार १८ देखि ४९ वर्ष उमेर समूहका छ प्रतिशत भारतीय विवाहित महिलाले वैवाहिक यौन हिंसाको अनुभव गरेको बताएका छन् । यसको अर्थ विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा एक करोडभन्दा बढी महिला आफ्ना पतिहरूको हातबाट यौन हिंसाको शिकार भएका छन् । सर्वेक्षणअनुसार करिब १८ प्रतिशत विवाहित महिलाले आफ्ना पतिहरूले यौन सम्बन्ध चाहेमा अस्वीकार गर्न नसक्ने महसुस गरेका छन् । 

भारतको धेरै भागमा सम्बन्धविच्छेद अझै पनि वर्जित छ । ती भागमा प्रत्येक एक सय विवाहमा एउटा मात्र विघटनमा समाप्त हुन्छ र यो प्राय असन्तुष्ट विवाहलाई कायम राख्न परिवार र सामाजिक दबाबका कारण हुन्छ । भारतको आपराधिक न्याय प्रणालीमा लामो समयदेखि नसुल्झिएका केही मुद्दाहरूले समाधान पाउन दशकौँ लाग्छ र वैवाहिक बलात्कारलाई अपराधीकरण गर्न दबाब दिने मुद्दाले अत्यन्त सुस्त प्रगति गरेके छ । 

सन् २०२२ मा दिल्ली उच्च अदालतमा दुई–न्यायाधीशको इजलासले विभाजित फैसला सुनाएपछि यो मुद्दालाई सर्वोच्च अदालतमा पठाइएको थियो । उक्त मुद्दामा एक न्यायाधीशले पतिले जबरजस्ती आफ्नी पत्नीसँग यौन सम्बन्ध राख्छ भने त्यसलाई ‘एक अपरिचित व्यक्तिले बलात्कार गर्ने कार्यसँग तुलना गर्न सकिँदैन’ भनी फैसला गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपिएल फाइनल भाेलि:उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् ।  कीर्त...

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुखः २०२६ पछि डिजेल आयात रोकिने

जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...

नापी कार्यालयका सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...

धनकुटामा तमोर नदीमा हाम फालेका पुरुष बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् ।  शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...

बेलायतको वृद्धि दर घट्दै, लगानी र व्यापारमा दबाब

लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...

बुढीगण्डकी आयोजना निर्माण अघि बढाउन पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...

पाहुनाको पर्खाइमा म्याग्दीकाे ‘मुदीगाउँ’

म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...

चुनावले मात्र देशलाई लयमा ल्याउँछ : पूर्वमन्त्री भुसाल

तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...

नेकपाको एकता सन्देशसभा: पार्टीको नीति र विचार जनस्तरमा

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending