पाल्पा । तिनाउ नदीमा १५ हजार माछाका भुरा छाडिएका छन् । जलचरको संरक्षण गरी पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन तिनाउ नदीको अम्लिहान र झुम्सा क्षेत्रमा राहु र नैनी जातका १५ हजार माछाका भुरा छाडिएका हुन् ।
माछाका भुरा छाड्ने कार्यक्रममा बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर गैरेले मानव अतिक्रमणमा परेर जलचर विनाश हुँदै गएको बताए । तिनाउ नदीमा माछाका भुरा छाड्दा त्यसले पारिस्थितिक प्रणाली जोगाउन मद्दत गर्ने उनको भनाइ छ ।
तिनाउ नदी भनेको केवल बुटवल क्षेत्र मात्र नभई नदीको मुहान स्रोत माडी क्षेत्र पनि भएकाले माडी क्षेत्रका बासिन्दा र नदीमा रहने जीवजन्तुको प्रणालीलाई सहज बनाउने बताए । नेपालमा तिनाउ नदीजस्ता खोलामा १२ प्रकारमा माछा पाइने र त्यसले नदीमा हुने जीवको सन्तुलन कायम गर्न सहयोग गरेको नेपाल कृषि अनुसन्धान परिषद् नार्कका प्रशासन प्रमुख नवीनप्रकाश पौडेलले बताए । छाडिएका भुरा माछा तीन महिनापछि हुर्कने र त्यसले प्रजनन प्रक्रिया सुरु हुने उनले बताए ।
पशु तथा मत्य अनुसन्धान निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्धन स्रोत केन्द्र भैरहवाको प्राविधिक सहयोगमा तिनाउ नदीको अम्लिहान र झुम्साबाट १५ हजार माछाका भुरा छाडिएको हो । नदीमा छाडिएको माछाको संरक्षणका लागि प्रहरी प्रशासन र नागरिकको महत्वपूर्ण भूमिका रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: