Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरोका कारण बिच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । 

उनले कैयौँ नागरिक अझै पनि देशका विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेका र गन्तव्यका लागि हिँडेका यात्रु बिच बाटोमा अलपत्र परेका समाचार आइरहेकाले उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न माग गरिएको बताए । बैठकका निर्णयबारे प्रमुख सचेतक घिमिरेले भने, “प्राकृतिक प्रकोपले कैयौँ ठुलासाना सडक अवरुद्ध भएका छन्, कैयौँ पुल भत्किएका छन्। यसले आवागमनमा असर परेको छ । चाडपर्वमा घर जान चाहने नागरिकको चाप बढ्दै छ । त्यसैले अवरुद्ध सडकको मर्मतसम्भार कार्य तीव्र गतिमा अघि बढाउनुका साथै अस्थायी रूपमा वैकल्पिक मार्गको व्यवस्था गरेर भए पनि दसैँमा घर जानसक्ने अवस्था निर्माण गर्नका लागि बैठक सरकारसँग अनुरोध गर्दछ ।”

साथै बैठकले खानेपानी, स्वास्थ्य संस्था, विद्यालय एवं प्रहरी चौकीजस्ता क्षतिग्रस्त अत्यावश्यक संरचना तत्काल पुनः निर्माणका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
कांग्रेसले सडकमार्ग खराब अवस्थामा रहेका कारण हवाईमार्गमा पर्न जाने चापलाई मध्यनजर गरी न्यूनतम हवाई भाडादर कायम राख्न र आवश्यक सहुलियत प्रदान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । 

“साथै बैठकले सडक यातायातको भाडादर पनि वृद्धि नगर्न र चाडपर्वका समयमा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धिप्रति सरकारलाई सचेत गराउँदै आपूर्ति व्यवस्थालाई सुव्यवस्थित गर्न सरकारसँग माग गरेको छ”, प्रमुख सचेतक घिमिरेले भने, “कांग्रेस संसदीय दल कार्यसमितिको यही असोज १३ गते बसेको बैठकले गरेको राहत व्यवस्थापन गर्न कांग्रेस सङ्घीय संसद्का सबै सांसदहरूको १५ दिनको पारिश्रमिक कट्टागरी सरकारलाई प्रदान गर्ने निर्णय पनि आज अनुमोदन गरेको छ ।”

बैठकले बाढीपहिरोका कारण भएको अन्नबालीको क्षतिअनुसार राहत उपलब्ध गराउन एवं कटान भएका स्थानमा नदी नियन्त्रण कार्यलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै, इजरायल–लेबनानबिच सुरु भएको युद्धबाट लेबनानमा रहेका नेपाली पनि जोखिममा रहेका हुँदा उनीहरूको सुरक्षा र इच्छुकहरूलाई सकुशल स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गरिएको छ । 

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यही असोज १२ र १३ गतेको अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी निधन भएकाप्रति दुःख व्यक्त गरेको छ । साथै बैठकले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता रहेका नागरिकहरूको खोजीमा तीव्र ढङ्गले हरसम्भव प्रयास गर्न सरकारसँग माग गरेको छ। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: