Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

धरानका होटेलमा प्रहरीकाे छापाः व्यवसायीबाट युवतीहरूलाई यौन व्यवसायमा प्रोत्साहित गरेको प्रहरीकाे दाबी

खबरडबली संवाददाता

सुनसरी । कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साहित गरिएको थियो । मर्यादित व्यवसायको लागि प्रहरी प्रशासनले पनि अनुगमन बढाएकाले धरानमा यौन व्यवसाय नियन्त्रित थियो ।

पछिल्लो समय भने बढ्दो सहरीकरण, नयाँ व्यवसायीहरूमा नैतिक दबाबको कमी आएको देखिएको छ । मङ्गलवार साँझ इलाका प्रहरी कार्यालयको टोलीले धरान-८ स्थित सिटी होटेलमा छापा मारेर यौन व्यवसायको आरोपमा होटेल मालिक र अन्यलाई पक्राउ गरेपछि त्यस्तो देखिएको हो ।

प्रहरीले होटेल सञ्चालक पेमा ल्हामु शेर्पा र ३ जनालाई पक्राउ गरेको छ । उक्त घट्नापछि धरानका केही होटलहरुमा यौन व्यवसाय हुने गरेको खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले धनकुटा घर भएकी एक युवतीलाई होटेल सञ्चालक शेर्पाले प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए ।

उनका अनुसार यौन क्रियाकलापमा संलग्न युवती पीडित हुन भने प्रहरीले होटेल सञ्चालक शेर्पा र यौन क्रियाकलापमा संलग्न एक पुरुष विरुद्ध मानव बेचबिखन मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

डिएसपी जबेगु्ले भने ‘जबरजस्ती यौन व्यवसायमा लगाएमा त्यसलाई मानव बेचबिखन नै मानिन्छ ।’ त्यसै आधारमा पक्राउ परेका व्यवसायीलाई मानव बेचबिखनको मुद्दा चलाइने उनको भनाई छ ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा ४ उपदफा १ (ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनुलाई मानव बेचबिखन र ओसारपसार गरेको मानिने भनिएको छ ।

साथै उपदफा २ को (ख) मा ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ, जालसाजी गरी जबरजस्ती गरी, डर धम्की तथा प्रलोभनमा पारी आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा सारेमा मानव ओसारपसार गरेको मानिने उल्लेख छ ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को परिच्छेद (४) को दफा १५ को उपदफा १ (क) मा मानिस किन्ने वा बेच्नेलाई बिस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना भनिएको छ ।

(ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ ।

डिएसपी जबेगुका अनुसार धरानमा युवतीहरूलाई होटेलहरूमा यौन व्यवसायमा लगाइएको सूचना दिनदिनै जसो आउँछन् । व्यवसायीले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका, कम पढेलेखेका र आर्थिक अभावका कारण धरान पसेका युवतीहरूलाई प्रयोग गर्ने गरेका छन् ।

प्रमाणसहित फेला पारिएन भने पक्राउ परेका व्यवसायीहरू सहजै छुट्ने भएकाले केही समय कुरेर व्यवसायीलाई प्रमाण सहित पक्राउ गर्ने तयारी रहेको उनले बताए । विश्वस्त स्रोत र सुराकीबाट आएको सूचनालाई प्रहरीले तत्काल अपरेसन चलाउने र अन्य सूचनामा थप बुझेर फलोअप गर्ने डिएसपी जबेगुले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending